माछापुच्छ्रे बैंक अन्तरार्ष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । इन्फोसिस फिनाकलले वितरण गर्ने सन् २०२५ का लागि ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ बाट नेपालको माछापुच्छ्रे बैंकलाई सम्मानित गरेको छ । इन्फोसिस फिनाकलले ‘बिजनेस मोडेल इन्नोभेसन’ विधाअन्तर्गत प्लाटिनम अवार्डबाट माछापुच्छ्रे बैंकलाई सम्मानित गरेको हो । इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड हरेक वर्ष बैंकिङ क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गर्ने गरिन्छ ।

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५, फिनाकलको १० औं सस्करण हो । सन् २०१६ देखि अवार्ड वितरण सुरु गरिएको थियो । सन् २०२५ को अवार्डका लागि १० वटा रणनीतिक क्षेत्रहरुहरूमा ३०० भन्दा बढी मनोनयन भएको थियो । मनोनय भएकाहरु मध्ये उत्कृष्टमा पर्न सफल भएको ले माछापुच्छ्रे बैंकलाई उक्त अवार्ड प्रदान गरिएको छ । नेपालबाट माछापुच्छ्रे बैंकलाई डिजिटल इन्नोभेसनमा उत्कृष्ट काम गरेबापत उक्त अवार्ड दिइएको हो ।
इएसजीमा आधारित नवप्रवर्तन, इकोसिस्टम–केन्द्रित रणनीतिहरू, ग्राहकको संलग्नता, डिजिटल प्रविधिमा रूपान्तरण र आगामी दिनमा प्रयोग हुन सक्ने प्रविधिहरूमा अवधारण प्रस्तुत भएका थिए । त्यसरी प्रस्तुत भएका अवधारणा र प्रयोग गरिएको प्रविधिको मूल्याङ्कनको लागि नवप्रवर्तन गुणाङ्क, लाभ गुणाङ्क र जटिलता गुणाङ्क मा आधारित रहेर मुल्यांकन गरिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
माछापुच्छ्रे बैंकले ग्राहकको बचतलाई सुरक्षित राख्न गरिएको सुरक्षति सेवा, ग्राहकको सहजता, डिजिटल बैंकिङ, शाखारति सेवा, साइबर सुरक्षा र सजिलो मोबाइल बैंकिङलाई सफलतापुर्वक प्रयोग गरिरहेको छ ।
माछापुच्छ्रेको देशभर १६५ शाखा, २०३ एटीएम तथा थुप्रै डिजिटल प्लेटफर्म मार्फत ग्राहकलाई सजिलो बैंकिङ सेवा प्रदान गरिरहेको छ ।



