Close

Recent Posts

सरकारको विधेयकमा ढिलाईः शिक्षक महासंघको असन्तुष्टि

सरकारको विधेयकमा ढिलाईः शिक्षक महासंघको असन्तुष्टि
  • ३० असार २०८२, सोमबार ०८:५६

काठमाडौँ । नेपाल शिक्षक महासंघले गत बैशाखमा लामो समय आन्दोलन गरेपछि असार १५ भित्र विधेयक पास गराउने प्रतिवद्धता जनाएको सरकारले असार ३० सम्म पनि विधेयक नल्याएपछि नेपाल शिक्षक महासंघले पुनः असन्तुष्टि जनाएको छ ।

mulpatra

महासंघको आइतबार बसेको विस्तारित बैठकले विधेयक पास नगरि पुर्व सहमति भएका पेशागत मागहरुलाई समेत वेवास्ता गरिएकोले गम्भिर भएको बताएको छ । अन्योलताका विच विधेयक तत्काल पास गराउन र शिक्षकका पेशागत माग सम्बोधन गराउन दवाव मुलक कार्यक्रम गर्ने र नभए आन्दोलन शुुरु गर्नुपर्ने निष्कर्षमा शिक्षक महासंघ पुगेको छ ।

शिक्षा मन्त्रीसँग पटकपटक सम्वाद गर्न खोजे पनि नसकिएको, शिक्षक सरुवा बढुवा, अस्थायी शिक्षक स्थायी प्रक्रिया जस्ता महत्वपुर्ण विषयहरु नसमेटी विधेयक पास गर्न खोजेको र कतिपय प्रावधानहरु शिक्षकको हीतविपरित भएको महासंघका अध्यक्षले बताएका छन् । त्यसका लागि महासंघले साउन ३ गते पत्रकार सम्मेलन गर्ने र साउन ९ र १० गते बोलाएको केन्द्रिय कमिटिको बैठकले थप निर्णय गर्ने बताएको छ ।