Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राष्ट्रिय चलचित्र पुरस्कार–२०८२: विजय बराल र उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता–अभिनेत्री

राष्ट्रिय चलचित्र पुरस्कार–२०८२: विजय बराल र उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता–अभिनेत्री
  • ३० असार २०८२, सोमबार १७:०७

काठमाडौं– राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारंगीबाट विजय बरालले पाएका छन् । बरालको मुख्य भूमिका रहेको यो फिल्मले कीर्तिमानी व्यापार गर्न सफल भएको थियो ।

mulpatra

उक्त फिल्ममा बरालसँगै प्रकाश सपुत, अन्जना बराइली, बुद्धि तामाङ, मुकुन भुसाल लगायतको अभिनय रहेको थियो । फिल्मको निर्देशन सरोज पौडेलले गरेका हुन् ।

त्यसैगरी वर्षको उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासना सिंह ठकुरीले पाइन् । उनले अशोक थापा मगरको निर्देशनमा रहेको खुस्मा फिल्मबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी हुन् ।

mulpatra mulpatra mulpatra

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका हुन् । चलचित्र विकास बोर्डले हरेक वर्ष राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै आएको छ ।

यस्तै, मीन बहादुर भाम निर्देशित शाम्बाला २०८२ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार( २०८२ मा शाम्बालाले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको हो ।

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेका हुन् ।

Image Source: © https://mulpatra.com