Close

Recent Posts

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

बैंकहरुको नाफा र्‍याङ्किङः कुन बैंक अगाडी

बैंकहरुको नाफा र्‍याङ्किङः कुन बैंक अगाडी
  • ३१ असार २०८२, मंगलवार १४:५१

काठमाडौं– बैंकहरुले ११ महिनामा झन्डै ५४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । समिक्षा अवधिमा २० वटा बैंकहरुले ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यद्यपि, यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ४.९७ प्रतिशत कमी हो ।

mulpatra

गत आवको ११ महिनामा ती बैंकहरुले ५६ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

नाफामा नबिल बैंक नै पहिलो बनेको छ । बैंकले सर्वाधिक ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएका छ । यो गत आवको तुलनामा भने १.१० प्रतिशत मात्रै बढी हो । नाफा रकमको आधारमा नबिललाई ग्लोबल आइएमईले पच्छ्याएको देखिन्छ।

mulpatra mulpatra mulpatra

११ महिनामा ग्लोबल आइएमई बैंकले कुल ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । तर, नाफा वृद्धिदर भने ग्लोबलको १८.५९ प्रतिशत छ ।

नाफामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो सूचीमा छ । बैंकले ११ महिनामा नाफा २९.८३ प्रतिशत बढाएर ५ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ ।

नाफामा प्रायः नबिल पहिलो, ग्लोबल दोस्रो र एनआईएमबि तेस्रो स्थानमा हुने गरेका छन् ।

Image Source: © https://mulpatra.com

समिक्षा अवधिमा ४ अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा कमाएर एभरेष्ट बैंक चौथो स्थानमा आइपुगेको छ । एभरेष्टले नाफा २८ प्रतिशत बढाएको देखिन्छ ।

नाफामा वृद्धिदर भने नेपाल बैंकको उच्च छ । समिक्षा अवधिमा बैंकको नाफा १८५.२७ प्रतिशत बढेर ३ अर्ब ७ करोड ६ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा माछापुच्छ्रेको नाफा १७.५३ प्रतिशत, एनएमबिको ९.१८ प्रतिशत, लक्ष्मी सनराइजको ८.६३ प्रतिशत, सानिमा बैंकको ३.१३ प्रतिशत वृद्धि भएको देखिन्छ ।

यता, कुमारी बैंकको नाफा भने सर्वाधिक ७७.+८४ प्रतिशत घटेर ३७ करोड १० लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, हिमालयन बैंकको नाफा पनि ६७.२७ प्रतिशत, एनआइसी एशियाको ६२.८८ प्रतिशत, कृषि विकासको ३९.८५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २८.०९ प्रतिशत, प्रभूको २३.८० प्रतिशत, सिटिजनको १९.६६ प्रतिशत, प्राइमको १८.२९ प्रतिशत घटेको छ ।

यता, स्ट्याण्डर्ड चार्डर्डको नाफामा पनि ९.७० प्रतिशत गिरावट देखिन्छ । समिक्षा अवधिमा नेपाल एसबिआईको नाफा ६.९६ प्रतिशत र सिद्धार्थ बैंकको नाफा २.२९ प्रतिशत घटेको छ ।

कसले कति कमाए नाफा ?