Close

Recent Posts

आज साउने (कर्कट) संक्रान्ति, लुतो फाल्ने दिन

आज साउने (कर्कट) संक्रान्ति, लुतो फाल्ने दिन
  • २ श्रावण २०८२, बिहीबार ०८:३९

काठमाडौं । आज साउन महिनाको पहिलो दिन साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति। आजको दिन धार्मिक मान्यताअनुसार शिवको मन्दिरमा गएर पूजा आराधना गर्ने परम्परा छ ।

mulpatra

हिन्दु धर्ममा यस महिनालाई भगवान् शिवजीको महिना पनि मानिन्छ । श्रावण महिनालाई पवित्र महिनाका रूपमा समेत मानिने हुनाले महिना भरि शुद्ध खाना खाने तथा सोमबार व्रत बस्ने गर्दछन् चलन समेत छ । तराई तिर बोलबम जाने चलन समेत बढेको छ । काठमाडौंको पशुपति लगायतका शिवालयहरुमा सोमबार नजिकैको खोला, नदिको जल ल्याएर बोलबम मनाउने प्रचलन बढ्दै गएको पाइन्छ ।

श्रावण सङ्क्रान्तिबाट सूर्य दक्षिणतर्फ लाग्ने हुनाले यस दिन देखि दक्षिणायन लागेको भनिन्छ । आज बाट सूर्य मिथुन राशिबाट कर्कट राशि प्रवेश गर्दछन् । त्यसैले संक्रान्तिलाई कर्कट सङ्क्रान्ति पनि भनिएको हो ।

हिन्दु धर्मका अनुसार सतीदेवीले श्रावण महिनाभर निराहार ब्रत बसी तपस्या गरेकोले शिवजी प्राप्त भएको मान्यतालाई पछ्याउँदै महिलाहरु साउन महिना भरी ब्रत बस्ने, विशेषगरि सोमबार शिवालयहरुमा जल चढाउने र हरियो चुरा पोते लगाई पुजा आराधना गर्ने चलन छ ।
आजका दिन लुतो फाल्ने प्रचलन समेत रहेको छ । असार महिनामा विशेष गरि धान रोपाईले किसानहरु हिलो माटोमा बस्नु पर्ने कामगर्नु पर्ने भएकाले छाला सम्बन्धी रोग नलागोस भनेर लुतो फाल्ने गरिएको छ ।

आ–आफ्नो परम्परानुसार लुतो फाल्ने बेलामा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, अगुल्टो फाल्ने र लुतो आयो भनेर कराउने चलन समेत नेपाली समाजमा छ ।