Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

घर किन्न मूल्याङ्कनको ८० प्रतिशत ऋण, तीन करोडसम्म कर्जा

घर किन्न मूल्याङ्कनको ८० प्रतिशत ऋण, तीन करोडसम्म कर्जा
  • २ श्रावण २०८२, बिहीबार १५:०५

काठमाडौं– नेपाल राष्ट्र बैंकले आवासीय कर्जासम्बन्धी एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै पहिलोपटक घर किन्नेहरूलाई लक्षित गरी केही नीतिगत सहजीकरण गरिदिएको छ ।

mulpatra

घरको मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको छ, जुन हालसम्म ७० प्रतिशतमा सीमित थियो । अब पहिलो पटक आवासीय प्रयोजनका लागि घर किन्नेहरूले मूल्यांकनको ८० प्रतिशतसम्म बैंकबाट कर्जा पाउने भएका हुन् ।

यो कर्जा योजना अन्तर्गत एक व्यक्तिले अधिकतम ३ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको छ । हालसम्मको सीमा २ करोड रुपैयाँ मात्र थियो ।

mulpatra mulpatra mulpatra

घरभाडा आम्दानीलाई कर्जा प्राप्त गर्न आयको स्रोतका रूपमा देखाउन नपाइने राष्ट्र बैंकको नयाँ निर्देशिकामा स्पष्ट गरिएको छ । कर्जाको ब्याजदर बढेमा पनि मासिक किस्ता यथावत् राखेर कर्जा भुक्तानीको व्यवस्था मिलाउनु पर्ने प्रावधान राखिएको छ ।

यसले अब आफ्नै घर बनाउने वा किन्न चाहने हजारौं नेपालीहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । खासगरी पहिलो पटक घर किन्नेहरूको लागि त यो सपना पूरा गर्नु त्यति सजिलो हुँदैन । महँगो मूल्य, कर्जा पाउने झन्झट र आम्दानीको अभावले गर्दा थुप्रै नेपालीहरू आफ्नो घरको सपना मनमै थाँती राख्न बाध्य थिए ।

यता रियलस्टेट कर्जासँग सम्बन्धित लोन टु भ्यालु अनुपात भने अझै कडाइ गरिएको छ । यस्तो खालको कर्जाका लागि मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र ऋण दिन पाइनेछ ।

Image Source: © https://mulpatra.com

यद्यपि, नेपाल सरकारबाट अनुमति प्राप्त र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका घर निर्माण कम्पनीका परियोजनाहरूलाई भने यो सीमा ७० प्रतिशतसम्म कायम गर्न पाइनेछ । यसअघि यो सीमा ६० प्रतिशतमा सीमित थियो ।