Close

Recent Posts

वित्तीय समावेशीकरण सूचकांक सार्वजनिक, उल्लेखनीय सुधार

वित्तीय समावेशीकरण सूचकांक सार्वजनिक, उल्लेखनीय सुधार
  • २ श्रावण २०८२, बिहीबार २०:३०

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरणको अवस्थालाई मापन र अनुगमन गर्न तयार पारेको वित्तीय समावेशीकरण सूचकांक सार्वजनिक गरेको छ ।

mulpatra

आर्थिक समावेशीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा लिँदै राष्ट्र बैंकले उक्त सूचकांक नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।

सूचकांकले तीन मुख्य पक्षहरू – पहुँच, प्रयोग र गुणस्तर का आधारमा वित्तीय समावेशीकरणको स्तर मापन गर्छ। यसमा बैंकिङ सेवा, डिजिटल भुक्तानी, बीमा, लघुवित्त, पुँजी बजारमा लगानी तथा सामाजिक सुरक्षा जस्ता सेवा समेटिएका छन् ।

mulpatra mulpatra mulpatra

सूचकांकको संरचना र गणना विधि

विधिबाट ० देखि १ को स्केलमा गणना गरिएको हो, जहाँ उच्च मूल्यले बढी समावेशीकरण देखाउँछ। हालको संस्करणमा कुल ५५ वटा सूचकहरू प्रयोग गरिएका छन्ः

१५ वटा पहुँच

Image Source: © https://mulpatra.com

१५ वटा प्रयोग

२५ वटा गुणस्तर

यी तीन पक्षलाई क्रमशः ३५% (पहुँच), ४५% (प्रयोग), र २०% (गुणस्तर) तौल दिइएको छ।

तीन वर्षको प्रगति

कुल ँक्ष्क्ष्ः २०८०÷८१ मा ०.४७ पुगेको छ, जुन २०७८÷७९ मा ०.४० थियो।

पहुँच सूचकः ०.३८ बाट ०.४७

प्रयोग सूचकः ०.४३ बाट ०.४९

गुणस्तर सूचकः ०.३६ बाट ०.४१

सूचकले पछिल्लो तीन वर्षमा वित्तीय सेवा संस्थाहरूको पहुँच, डिजिटल सेवा प्रयोग र ग्राहकको वित्तीय संलग्नता उल्लेखनीय रूपमा बढेको देखाउँछ। गुणस्तर पक्षमा प्रगति तुलनात्मक रूपमा कम भए पनि वित्तीय साक्षरता, ग्राहक सन्तुष्टि, र पारदर्शिता जस्ता विषयमा सुधार देखिएको छ ।

अन्तर्राष्ट्रिय अनुभवको उपयोग

सूचकांकको विकासका क्रममा विभिन्न सरोकारवालासँगको छलफल र भारतीय रिजर्भ बैंकसँगको ज्ञान साझेदारीबाट सिकाइलाई समेत समेटिएको छ ।

आगामी सुधारका क्षेत्र

नेपाल राष्ट्र बैंकले अझ समावेशी र दिगो वित्तीय प्रणाली निर्माण गर्न वित्तीय साक्षरता अभिवृद्धि, डिजिटल पूर्वाधार विकास, सेवा नवप्रवर्तन, र उपभोक्ता संरक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

यो सूचकांक नेपाल राष्ट्र बैंकको वित्तीय समावेशीकरण तथा उपभोक्ता संरक्षण महाशाखा बालुवाटारद्वारा समन्वयमा तयार गरिएको हो ।