Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

वित्तीय समावेशीकरण सूचकांक सार्वजनिक, उल्लेखनीय सुधार

वित्तीय समावेशीकरण सूचकांक सार्वजनिक, उल्लेखनीय सुधार
  • २ श्रावण २०८२, बिहीबार २०:३०

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरणको अवस्थालाई मापन र अनुगमन गर्न तयार पारेको वित्तीय समावेशीकरण सूचकांक सार्वजनिक गरेको छ ।

mulpatra

आर्थिक समावेशीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा लिँदै राष्ट्र बैंकले उक्त सूचकांक नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।

सूचकांकले तीन मुख्य पक्षहरू – पहुँच, प्रयोग र गुणस्तर का आधारमा वित्तीय समावेशीकरणको स्तर मापन गर्छ। यसमा बैंकिङ सेवा, डिजिटल भुक्तानी, बीमा, लघुवित्त, पुँजी बजारमा लगानी तथा सामाजिक सुरक्षा जस्ता सेवा समेटिएका छन् ।

mulpatra mulpatra mulpatra

सूचकांकको संरचना र गणना विधि

विधिबाट ० देखि १ को स्केलमा गणना गरिएको हो, जहाँ उच्च मूल्यले बढी समावेशीकरण देखाउँछ। हालको संस्करणमा कुल ५५ वटा सूचकहरू प्रयोग गरिएका छन्ः

१५ वटा पहुँच

Image Source: © https://mulpatra.com

१५ वटा प्रयोग

२५ वटा गुणस्तर

यी तीन पक्षलाई क्रमशः ३५% (पहुँच), ४५% (प्रयोग), र २०% (गुणस्तर) तौल दिइएको छ।

तीन वर्षको प्रगति

कुल ँक्ष्क्ष्ः २०८०÷८१ मा ०.४७ पुगेको छ, जुन २०७८÷७९ मा ०.४० थियो।

पहुँच सूचकः ०.३८ बाट ०.४७

प्रयोग सूचकः ०.४३ बाट ०.४९

गुणस्तर सूचकः ०.३६ बाट ०.४१

सूचकले पछिल्लो तीन वर्षमा वित्तीय सेवा संस्थाहरूको पहुँच, डिजिटल सेवा प्रयोग र ग्राहकको वित्तीय संलग्नता उल्लेखनीय रूपमा बढेको देखाउँछ। गुणस्तर पक्षमा प्रगति तुलनात्मक रूपमा कम भए पनि वित्तीय साक्षरता, ग्राहक सन्तुष्टि, र पारदर्शिता जस्ता विषयमा सुधार देखिएको छ ।

अन्तर्राष्ट्रिय अनुभवको उपयोग

सूचकांकको विकासका क्रममा विभिन्न सरोकारवालासँगको छलफल र भारतीय रिजर्भ बैंकसँगको ज्ञान साझेदारीबाट सिकाइलाई समेत समेटिएको छ ।

आगामी सुधारका क्षेत्र

नेपाल राष्ट्र बैंकले अझ समावेशी र दिगो वित्तीय प्रणाली निर्माण गर्न वित्तीय साक्षरता अभिवृद्धि, डिजिटल पूर्वाधार विकास, सेवा नवप्रवर्तन, र उपभोक्ता संरक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

यो सूचकांक नेपाल राष्ट्र बैंकको वित्तीय समावेशीकरण तथा उपभोक्ता संरक्षण महाशाखा बालुवाटारद्वारा समन्वयमा तयार गरिएको हो ।