Close

Recent Posts

रवि लामिछानेको पक्षमा ४६ लाख सहयोग संकलन, साढे २४ लाख हस्ताक्षर

रवि लामिछानेको पक्षमा ४६ लाख सहयोग संकलन, साढे २४ लाख हस्ताक्षर
  • २ श्रावण २०८२, बिहीबार १७:०१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जनाएको छ ।

mulpatra

५ गतेबाट सभापतिको अपिल र हस्ताक्षर अभियान लिएर घरदैलो कार्यक्रम गर्ने पनि उनले बताए। रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध सरकारले साँधेको भन्दै असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दीपक बोहराले हस्ताक्षर अभियानलाई अझै अगाडि बढाउने पार्टीको तयारी रहेको बताए ।

अब केन्द्रीय कार्यालय, प्रदेश, सीमा नाका र विदेशमा समेत बुथ राखेर अभियान चलाउने बताए। उनले अहिलेसम्म अभियानको लागि सहयोग रकम ४६ लाख १२ हजार ६३७ रुपैयाँ संकलन भएको बताए ।

अभियानका संयोजक समेत रहेका बोहराले सभापतिको अपिल र हस्ताक्षर फारम छाप्नेलगायत अभियानका लागि अहिलेसम्म ५९ लाख ६८ हजार खर्च भइसकेको पनि बताए ।