भारत–पाकिस्तान युद्धमा पाँचवटा विमान खसालिएका थिए:अमेरिकी राष्ट्रपति ट्रम्प
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारत–पाकिस्तान युद्ध आफूले रोकेको दाबी गरेका छन् । ट्रम्पले ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजमा उक्त दाबी गरेका हुन् । तर उनले कुन देशका विमानहरू खसालिएका थिए भन्ने कुरा स्पष्ट पारेनन् ।

उनले भनेका छन्, ‘मलाई लाग्छ– भारत–पाकिस्तान युद्धमा पाँचवटा जेट विमान साँच्चै खसालिएका थिए ।’
यस क्रममा उनले दुई देशबीच त्यसबेला भएको लडाइँमा पाँचवटा जेट विमान खसालिएको दाबी पनि गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
भारतीय सञ्चारमाध्यमका अनुसार ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम आफूले गराएको भनेर अहिलेसम्म २४ पटक भनिसकेका छन् ।
सबैभन्दा पहिले उनले यो दाबी मे १० मा सामाजिक सञ्जालमार्फत गरेका थिए। तर भारतले पाकिस्तानसँगको युद्ध रोकिनुमा कुनै अर्को देशको भूमिका अस्वीकार गरिरहेको छ ।
त्यस बेला पाकिस्तानले ५ वटा भारतीय विमान खसालेको दाबी गरेको थियो भने भारतले पनि केही पाकिस्तानी विमान खसालेको बताएको थियो ।
Image Source: © https://mulpatra.com



