जापान एनआरएनए: मुखले ठिक पार्ने श्रेष्ठ, काम गरेर देखाउने खुबी भएका लामिछाने
काठमाडौं– जापानमा गैरआवसीय नेपाली संघ (एनआरएनए)को चुनावी माहोल तातिन थालेको छ । छ । टोकियोमा आगामी जुलाई २० तारिख हुने १२ औँ महाधिवेशन हुँदै छ ।

सन् २०२५ देखि सन् २०२७ सम्म हुने कार्य समितिका लागि अध्यक्ष पदमा वर्तमान कार्यसमितिका उपाध्यक्ष सुभाष लामिछाने र सिद्धार्थ श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । जसमध्ये जापानमा रहेको नेपालीमाझ लामिछाने चर्चा अनुहार हुन् ।
एनआरएनए जापानमा आ–आफ्नो परिचय बनाएका लामिछाने र श्रेष्ठ बीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । तर जापानमा लामिछानेको आफनै पहिचान छन् ।
![]() |
![]() |
![]() |
|---|
पहिले सात हजार हाराहारीमा सदस्य रहेको जापानमा यस महाधिवेशनमा १८ हजार सदस्यता पुगेको एनआरएनएले जनाएको छ । लामिछानेको एनआरएनए यात्रा लामो नभए पनि युवा वर्गमा लोकप्रिय उम्मेदवारको रुपमा परिचित छन् ।
जापानमा कार्यरत नेपालीलाई जापानको पसिनाको प्रतिफल नेपालमा प्रदान गर्न नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल गर्ने योजना लामिछानेले सारेका थिए । यसका कारण उनी जापानमा रहेको नेपालीहरुमाझ लोकप्रिय छन् ।

उनी सन् २०२१–२०२३ एनआरएनए जापानको प्रवक्त्ताको रुपमा एनआरएनए यात्रा सुरु गरेका लामिछानेले ०२३–०२५मा उपाध्यक्ष हुँदै छोटो समयमा नै अध्यक्ष पदको उम्मेदवार बनेका हुन् ।
Image Source: © https://mulpatra.com
लामिछानेले नेपालबाट जापान आउने विद्यार्थी र जापानमा रहेका नेपाली विद्यार्थीलाई आफ्नो नेतृत्वको एनआरएनएले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे । उनले जापानमा रहेको नेपालीलाई नि :स्वार्थ सहयोग गदै आएका छन् ।
जापानमा सफल नेपाली व्यवसायीको परिचय बनाइसकेका लामिछाने नेपालको पर्वत जिल्लाका सुभाष लामिछाने जापानको टोकियोमा रहेर रेष्टुरेन्ट व्यवसाय तथा चलचित्र वितरकको काम गर्दै आएका छन् । जसका कारण नेपाली कलाकारले समेत उनलाई राम्रो मान्छे ठान्छन् । हाल कतिपय कलाकारले लामिछानेको पक्षमा भोट मागेको पाइन्छ ।
एकिकृत नेपाली घरः बहुसाँस्कृतिक केन्द्रको निर्माण, जापानमा रहेका नेपालीको पेशागत एवम् व्यवसायिक विकास, स्मार्ट एनआरएनए, आर्थिक पारदर्शिता लगायतका कामलाई योजनाबद्ध रुपमा आफूले अघि बढाउने लामिछानेको योजना छ ।
लामिछानेले घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष पद पाउनु अभिलाषा नभएर काम गर्नका लागि जिम्मेवारी लिन खोजेको बताए ।
उनको नेपालको पहिचान अभिवृद्धि तथा पर्यटन प्रर्वद्धन, सुरक्षित वैदेशिक रोजगार र सचेतनामुलक कार्यक्रम, महिला, विद्यार्थी, युवा तथा खेलकुद गतिविधि, जापानी समुदायसँगको सामिप्यता लामिछानेका चुनावी मुद्दा रहेका छन् । संघसंस्थासँगको समन्वयात्मक सहकार्य तथा मानविय सहयोग, संस्थागत विकास एवम् सुद्दढिकरणका लागि लामिछाने पहद गदै आएको छ ।
जापानमा नेपालीको संख्यामा वृद्धि भएसँगै जापानमा हुर्किरहेको दोस्रो पुस्तालाई जापानको शिक्षा प्रणाली, यहाँका अवसर चुनौतीबारे सचेतना गर्नु पनि मेरो लक्ष्य रहेको लामिछानेले जानकारी दिए ।
पछिल्ला केही वर्षदेखि एनआरएनएमा सक्रिय रुपमा उचाइमा लैजान मूल नेतृत्वमा आफू आउनु पर्ने लामिछानेले बताए । ‘रोजगारी, अध्ययन र अन्य पेसाका लागि बसोबास गदै आएको नेपालीका लागि एनआरएनएलाई थप बल पुग्ने नेतृत्व गर्नुपर्छ । यसका लागि आफुसँग त्यो क्षमता छ ।’ उनले भने ।
जापानभर फैलिएका शाखाहरू, सदस्यहरूको बढ्दो संख्यासँगै अबको नेतृत्व थप जिम्मेवार, संवादमुखी र नतिजामूलक हुनुपर्ने आवाजबीच लामिछानेले आफ्नो उम्मेदवारीले स्थायित्व र निरन्तरताको सन्देश दिएको बताउँछन् ।
भन्छन्, ‘म उम्मेदवार हुनुअघि मैले गर्ने भनेको नेपाली समूदायका सबै साना–ठुला समस्या समाधानका लागि गर्ने पहलको प्रतिवद्धता हो। बाँकी एनआरएनए सदस्यहरु सबै सचेत हुनुहुन्छ।’
उम्मेदवारी बारे उनी समाजिक सञ्जालमा लेख्छन्, ‘यही जुलाई १२, २०२५ मा एनआरएनए जापानको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा सभामा उपस्थित भई मलाई हौसला प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय अग्रजहरू, मेरा सहकर्मी मित्रहरू, युवा साथीहरू, महिला दिदीबहिनीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिज्यूहरू, पत्रकार मित्रहरू र शुभचिन्तकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
तपाईंहरूको यो साथ, सद्भाव र उपस्थिति मेरो लागि ठूलो प्रेरणाको स्रोत हो। सन् २००७ देखि सुरु भएको मेरो जापान बसाईका अनेक भोगाई, समाजप्रतिको लगाव र तपाईहरुको स्नेहको फलस्वरुप आज म एनआरएनएको अध्यक्ष बन्छु भन्ने हिम्मत गर्नसक्ने भएको उनकाे दाबी छ ।
पर्वत समाज जापानको सदस्य, उपाध्यक्ष र अध्यक्ष हुँदै, एनआरएनए जापानको प्रवक्ता र उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा मैले सधैं समुदायको हितलाई प्राथमिकता दिएँ । नेपाल फेस्टिवलमा उप–संयोजकको भूमिका निभाउँदा होस् या हटलाइन सेवा र घुम्ती सेवामार्फत हजारौं नेपालीलाई सहयोग गर्दा, भूकम्प पीडित बालबालिकाको शिक्षाका लागि कोष संकलन गर्दा होस् या चेपाङ संरक्षण केन्द्रमा सहयोग गर्दा, हरेक पाइलामा मैंले तपाईंहरूको विश्वास र मायाँ पाएको लामिछानेकाे भनाइ छ ।
विद्यार्थीका समस्यामा साथ दिँदै, जापानी विद्यालयहरूसँग समन्वय गरी सहजीकरण गर्नेदेखि लिएर नेपाली चलचित्रको प्रवर्धन र खेलकुद विकासमा समेत मेरो सक्रियता निरन्तर रहनेछ। नेपाल हाउस निर्माणको सपनालाई साकार पार्ने र एनआरएनए जापानलाई सबैको साझा, पारदर्शी र राजनीतिक प्रभावमुक्त संस्था बनाउने मेरो अठोट छ।
श्रेष्ठ सन् २०१७–०१९मा मानार्थ सदस्य, ०१९–०२१ प्रवक्ता, ०२१–०२३मा महासचिव हुँदै वर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका छन् । उनले काम गर्नेभन्दा बढी योजना र बहस मात्र गदै आएको जापानमा रहेको एनआरएनएकै आरोप छ ।
जापानमा काम गर्ने क्रममा नेपालीले भोग्दै आएका समस्या समाधान गर्नका लागि सुरक्षित रोजरागार निगरानी समिति गठन गर्ने उनको प्रतिवद्धता छ । विगतमा उनले त्यस्तो ठुलो काम गर्ने प्रत्यन्न गरेको देखिन ।
पछिल्लो समय जापानमा नेपालीको संख्या २ लाख ३३ हजार हाराहारीमा पुगेको छ ।
जापानमा भएको नेपालीहरुसँग गरेको कुराकानीमा आधारित रिपोटिङ



