Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

फ्रान्सले गर्यो प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने घोषणा

फ्रान्सले गर्यो प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने घोषणा
  • १० श्रावण २०८२, शुक्रबार १०:१०

काठमाडौं । इजरायलको लगातारको आक्रमणमा हजारौंले ज्यान गुमाइरहेको र भोकमरीबाट मरिरहेको गाजाका विषयलाई लिएर फ्रेन्च राष्ट्रपति एमानुएल म्याक्रोँले फ्रान्सले प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेका छन् ।

mulpatra

म्याक्रोँले सामाजिक सञ्जालमा लेखेका छन्ए ‘गाजाको युद्ध रोक्नु र सर्वसाधारण जनसंख्यालाई बचाउनु अहिलेको अत्यावश्यक कुरा हो।’ उनले यो निर्णय आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा औपचारिक रूपमा सार्वजनिक गर्ने बताएका छन् ।

फ्रेन्च राष्ट्रपति म्याक्रोँले सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएका आक्रमणपछिको समयमा इजरायललाई समर्थन जनाएका थिए । तर हालैका महिनाहरूमा गाजामा इजरायलले सञ्चालन गरिरहेको युद्धप्रति उनी थप असन्तुष्ट हुँदै गएका छन्।
उनले लेखेका छन् ‘मध्यपूर्वमा न्यायपूर्ण र दिगो शान्तिप्रतिको फ्रान्सको ऐतिहासिक प्रतिबद्धतालाई ध्यानमा राख्दै, मैले निर्णय गरेको छु कि फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिनेछ, र शान्ति सम्भव छ’

mulpatra mulpatra mulpatra

१९८८ मै प्यालेस्टाइनले आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा घोषणा गरिसकेको छ । यासिर अराफातले अल्जेरियामा एकपक्षीय रूपमा स्वतन्त्र राज्य घोषणा गरेका थिए । त्यसपछि स्टेट अफ प्यालेष्टाइन को रूपमा काम गर्दै आएको छ। दुई प्रसासनिक भागमा बाँडिएको प्यालेष्टानमा वेष्ट बैंक र गाजा स्ट्रिप पर्छ । हमासको नियन्त्रणमा रहेको भनेर इजरायलले अहिले पनि गोलाबारी गरिरहेको छ । जहाँ हजारौं शरणार्थीका रुपमा बस्न वाध्य पारिएका छन । भने भोकमरीले सयौं बालबच्चाको मृत्य भइसकेको छ ।

यस्तो अवस्थामा फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिने सबैभन्दा ठूलो र शक्तिशाली युरोपेली देश बनेको छ। संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रमध्ये कम्तीमा १४२ राष्ट्रहरूले प्यालेस्टाइनलाई पहिले नै मान्यता दिइसकेका छन् तर इजरायल र संयुक्त राज्य अमेरिका भने यस्तो मान्यताको कडा विरोधमा छन्।
। पछिल्लो समय फ्रान्सको सो घोषणाले प्यालेष्टाइनले स्वतन्त्र राष्ट्रको मान्यता पाउन बल पुगेको छ ।