Close

नयाँ घर बनाइदिने आश्वासन दिए हायु परिवारलाई फर्काउन वडाध्यक्ष श्रेष्ठ पुगे पोखरा

नयाँ घर बनाइदिने आश्वासन दिए हायु परिवारलाई फर्काउन वडाध्यक्ष श्रेष्ठ पुगे पोखरा
  • १५ श्रावण २०८२, बुधबार १४:४२

काठमाडौं– घर छोडेर हिँडेको हायु परिवारलाई फर्काउन गोलञ्जोर–६, सिन्धुलीका वडाध्यक्ष रवीन श्रेष्ठ पोखरा पुगेका छन् ।

mulpatra

उनले उक्त परिवार फर्किए तत्कालका लागि अस्थायी टहरा र पछि पक्की घरसमेत बनाइदिने आश्वासन दिएका छन् ।

वडाध्यक्ष श्रेष्ठ हायु परिवारलाई भेट्न बुधबार पोखरा पुगेका हुन् । घर छोडेर हिँड्नुको कारण सोद्धा परिवार बिरामी भइरहने, तर्साएको जस्तो लाग्ने गरेको उनीहरुको गुनासो छ ।

उनका अनुसार, परिवारकी सबैभन्दा ज्येष्ठ सदस्य ५२ वर्षीया उर्मिला हायूले त्यस घरमा बस्नै मन नलागेको र भित्रैदेखि डर लाग्ने गरेको बताएकीछन् । सिन्धुलीको गोलञ्जोर–६ को १६ जनाको हायु परिवार अहिले पोखराको गगनगौँ गएर बसिरहेको छ ।