Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

नयाँ घर बनाइदिने आश्वासन दिए हायु परिवारलाई फर्काउन वडाध्यक्ष श्रेष्ठ पुगे पोखरा

नयाँ घर बनाइदिने आश्वासन दिए हायु परिवारलाई फर्काउन वडाध्यक्ष श्रेष्ठ पुगे पोखरा
  • १५ श्रावण २०८२, बुधबार १४:४२

काठमाडौं– घर छोडेर हिँडेको हायु परिवारलाई फर्काउन गोलञ्जोर–६, सिन्धुलीका वडाध्यक्ष रवीन श्रेष्ठ पोखरा पुगेका छन् ।

mulpatra

उनले उक्त परिवार फर्किए तत्कालका लागि अस्थायी टहरा र पछि पक्की घरसमेत बनाइदिने आश्वासन दिएका छन् ।

वडाध्यक्ष श्रेष्ठ हायु परिवारलाई भेट्न बुधबार पोखरा पुगेका हुन् । घर छोडेर हिँड्नुको कारण सोद्धा परिवार बिरामी भइरहने, तर्साएको जस्तो लाग्ने गरेको उनीहरुको गुनासो छ ।

mulpatra mulpatra mulpatra

उनका अनुसार, परिवारकी सबैभन्दा ज्येष्ठ सदस्य ५२ वर्षीया उर्मिला हायूले त्यस घरमा बस्नै मन नलागेको र भित्रैदेखि डर लाग्ने गरेको बताएकीछन् । सिन्धुलीको गोलञ्जोर–६ को १६ जनाको हायु परिवार अहिले पोखराको गगनगौँ गएर बसिरहेको छ ।