कांग्रेस बाग्मती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

कांग्रेस बाग्मती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
  • १५ श्रावण २०८२, बुधबार १६:५२

काठमाडौं । प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । नेपाली कांग्रेसको बागमती प्रदेश सभामा भएको आजको निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।

mulpatra

आज हेटौंडामा भएको संसदीय दलको निर्वाचनमा खसेको कुल ३७ मत मध्ये बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे ।

संसदीय दलको नेतामा बानियाँ र लामा दोश्रो पटक भिडेका हुन । पहिलो पटक बानियाँलाई लामाले नै हराएका थिए । ३७ सदस्यी कांग्रेसको प्रदेश सभामा बहुमत संख्या २२ मतसहित बानियाँ अहिले दलको नेता चुनिएका हुन् ।

mulpatra mulpatra mulpatra

बानियाँकै नेतृत्वमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो बहुमतले त्यो पारित भएको थियो ।