बाल सुधार गृहमा सुर्ती खाएको जाँच गर्न पुगेका प्रहरीसँग झडप हुँदा १ घाइते

विराटनगर– विराटनगरको बाल सुधार गृहमा रहेका बालबालिका र प्रहरीबीच झडप भएको छ । सुर्ती खाएको आशंकामा प्रहरीले चेकजाँच गर्न थालेपछि विवाद भएको थियो ।
सुधारगृह प्रमुख गायत्रीप्रसाद ढकालले घटनामा १ जना प्रहरी घाइते भएको बताए । बाल सुधारगृहमा लफडा भएपछि व्यापक प्रहरी परिचालन गरिएको छ ।
त्यहाँ अहिले चारवटै सुरक्षा निकायका प्रमुख पुगेका छन् । केही बालबालिका भागेको हुनसक्ने अनुमान छ । हाल विराटनगर सुधार गृहमा १२ देखि ३२ वर्ष उमेर समूहका २४९ जना राखिएका छन् ।