Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

रुसी विदेशमन्त्री अलास्का पुगेपनि पुटिन किन बीचमै रोकिए

रुसी विदेशमन्त्री अलास्का पुगेपनि पुटिन किन बीचमै रोकिए
  • ३१ श्रावण २०८२, शुक्रबार १०:५५

काठमाडौं– रुस–युक्रेन युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ता हुँदै छ । आज हुने त्यो वार्ताका लागि विशेषस्थान पनि पहिचान गरिसकिएको छ । ट्रम्प र पुटिनबीच अलास्काको एन्करेजस्थित अमेरिकी सेना र वायु सेनाको संयुक्त सैन्य अड्डामा वार्ता हुनेछ । अनि, त्यो वार्ताका लागि रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोव अलास्का पुगिसकेका छन् ।

mulpatra

लाभ्रोवसँगै अमेरिकाका लागि रुसी राजदूत अलेक्जेन्डर दार्चियभ पनि अलास्का पुगेका छन् । ट्रम्प र पुटिनबीच शुक्रबार बिहान साढे ११ बजे भेट हुनेछ, भने रुसको समयअनुसार चाहिँ राति साढे १० बजे भेट सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उनीहरूको बारेमा सामाचारहरू अपडेट गराइरहेका छन् । त्यही क्रममा रुसी समाचार संस्था तासका अनुसार अलास्कामा पुटिन र ट्रम्पबीच हुने वार्तामा दोभाषेमात्रै सहभागी हुनेछन् । त्यसो त यो वार्तामा युक्रेनमा युद्धविराम विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।

mulpatra mulpatra mulpatra

अलास्का जाने रूसी टोलीमा विदेशमन्त्री लाभ्रोव, पुटिनका सहयोगी उशाकोभ, रक्षामन्त्री आन्द्रे बेलाउशोभ, अर्थमन्त्री एन्टोन सिलाउनोभ, विदेशसँगको लगानी र आर्थिक सहकार्यका लागि राष्ट्रपति विशेष प्रतिनिधि र रूसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिएभ रहेको रुसी सञ्चार माध्यम तासले उल्लेख गरेको छ ।