Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्याराडाइज इन्टरनेसनको वैदेशिक रोजगारीमा २५ वर्ष यात्रा, मनायो रजत महोत्सव

प्याराडाइज इन्टरनेसनको वैदेशिक रोजगारीमा २५ वर्ष यात्रा, मनायो रजत महोत्सव
  • २ भाद्र २०८२, सोमबार १६:३८

काठमाडौं– वैदेशिक रोजगार व्यवसाय क्षेत्रको कम्पनी प्याराडाइज इन्टरनेसनल प्रा.लिले आफ्नो स्थापनाकालको रजत महोत्सव मनाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आइएसओ प्रमाणित प्याराडाइज इन्टरनेसनल आर्थिक वर्ष २०५७÷५८ मा नेपाल सरकारबाट इजाजतपत्र प्राप्त कम्पनी हो ।

mulpatra

सो कम्पनीले आइतबार काठमाडौंको हायात सेन्ट्रिकमा स्वागत समारोहको आयोजना गरेर रजत महोत्सव मनाएको हो । साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, बहराइन, मलेसिया, लिबिया, जोर्डन, जापानलगायतका देशहरूमा हालसम्म एक लाखभन्दा बढी युवायुवतीलाई रोजगारीका लागि पठाएको जनाएको छ ।

सामान्य कामदार र सुरक्षागार्डदेखि दक्ष इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, चिकित्सकलगायतलाई आकर्षक रोजगारी उपलब्ध गराएको कम्पनीका अध्यक्ष नवराज केसीले बताए ।

mulpatra mulpatra mulpatra

केसीले १० जना कर्मचारी साथ लिएर एउटा फ्लोरबाट सुरु भएको प्याराडाइजले हाल १ सय २० कर्मचारीका साथ ललितपुरको बखुण्डोलस्थित आफ्नै भवनबाट सेवा दिइरहेको उल्लेख गर्दै यो सफलताको श्रेय विश्वास गरी प्याराडाइजलाई वैदेशिक रोजगारीको माध्यम बनाएका युवायुवती र स्थापनादेखि रजत उत्सवसम्म प्याराडाइजलाई निरन्तर योगदान गरिरेको बुझाइ छ ।

आम जनताको विश्वास र प्याराडाइज परिवारको अथक मिहिनेतको परिणामले प्याराडाइज, एक अब्बल म्यानपावर कम्पनीमा दर्ज हुन सफल भएको घोषणा गर्न पाउँदा आफू निकै खुसी भएको बताए । उनले आउने दिनमा प्याराडाइज बदलिँदो सूचना प्रविधिसँग साक्षात्कार गर्दै देशको विद्यमान कानुनलाई शिरोपर गर्दै रोजगारीका नयाँ गन्तव्य र नयाँ अवसर खोज्दै आम जनता र देशको समृद्धिमा थप शक्तिशाली भएर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।