प्याराडाइज इन्टरनेसनको वैदेशिक रोजगारीमा २५ वर्ष यात्रा, मनायो रजत महोत्सव
काठमाडौं– वैदेशिक रोजगार व्यवसाय क्षेत्रको कम्पनी प्याराडाइज इन्टरनेसनल प्रा.लिले आफ्नो स्थापनाकालको रजत महोत्सव मनाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आइएसओ प्रमाणित प्याराडाइज इन्टरनेसनल आर्थिक वर्ष २०५७÷५८ मा नेपाल सरकारबाट इजाजतपत्र प्राप्त कम्पनी हो ।

सो कम्पनीले आइतबार काठमाडौंको हायात सेन्ट्रिकमा स्वागत समारोहको आयोजना गरेर रजत महोत्सव मनाएको हो । साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, बहराइन, मलेसिया, लिबिया, जोर्डन, जापानलगायतका देशहरूमा हालसम्म एक लाखभन्दा बढी युवायुवतीलाई रोजगारीका लागि पठाएको जनाएको छ ।
सामान्य कामदार र सुरक्षागार्डदेखि दक्ष इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, चिकित्सकलगायतलाई आकर्षक रोजगारी उपलब्ध गराएको कम्पनीका अध्यक्ष नवराज केसीले बताए ।
केसीले १० जना कर्मचारी साथ लिएर एउटा फ्लोरबाट सुरु भएको प्याराडाइजले हाल १ सय २० कर्मचारीका साथ ललितपुरको बखुण्डोलस्थित आफ्नै भवनबाट सेवा दिइरहेको उल्लेख गर्दै यो सफलताको श्रेय विश्वास गरी प्याराडाइजलाई वैदेशिक रोजगारीको माध्यम बनाएका युवायुवती र स्थापनादेखि रजत उत्सवसम्म प्याराडाइजलाई निरन्तर योगदान गरिरेको बुझाइ छ ।
आम जनताको विश्वास र प्याराडाइज परिवारको अथक मिहिनेतको परिणामले प्याराडाइज, एक अब्बल म्यानपावर कम्पनीमा दर्ज हुन सफल भएको घोषणा गर्न पाउँदा आफू निकै खुसी भएको बताए । उनले आउने दिनमा प्याराडाइज बदलिँदो सूचना प्रविधिसँग साक्षात्कार गर्दै देशको विद्यमान कानुनलाई शिरोपर गर्दै रोजगारीका नयाँ गन्तव्य र नयाँ अवसर खोज्दै आम जनता र देशको समृद्धिमा थप शक्तिशाली भएर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
