Close

Recent Posts

कुवेतमा मदिरा सेवन गरेका ११ नेपाली अझै आईसीयूमा, डिस्चार्ज भएका पक्राउ

कुवेतमा मदिरा सेवन गरेका ११ नेपाली अझै आईसीयूमा, डिस्चार्ज भएका पक्राउ
  • ३ भाद्र २०८२, मंगलवार १४:०९

काठमाडौं– कुवेतमा विषाक्त मदिरा सेवन गरी अस्पताल भर्ना भएकामध्ये ११ जना नेपाली अझै आईसीयूमा रहेका छन् । गत साता विषाक्त मदिरा सेवन गरेका १६० जना आप्रवासी कामदार अस्पताल भर्ना भएका थिए, जसमा ५० जनाभन्दा बढी नेपाली रहेका थिए । विषाक्त मदिरा सेवन गर्ने २३ जनाको मृत्यु भइसकेको छ ।

mulpatra

कुवेतका सात वटा अस्पतालमा हाल २६ नेपालीको उपचार भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । उपचारतमध्ये ११ जना आईसीयूमा रहेका छन्, उनीहरुको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।

मृत्यु हुनेमा १२ जना नेपाली रहेको पुष्ट भएको दूतावासले जनाएको छ । गिरोहहरुले लुकिछिपी मदिरा उत्पादन गरी बिक्री गर्दै आएका छन् ।

नेपाल पत्रकार महासंघ कुवेत शाखाका भने एक विज्ञप्ति जारी गर्दै विषाक्त मदिरा सेवन गर्दा १६ जना नेपालीको मृत्यु भएको जनाएको छ । कुवेत सरकारले कुवेतमा मदिरा उत्पादन, बिक्री र सेवन गर्न निषेध गरेको छ ।

निषेध गरिएको वस्तु सेवन गरेका कारण अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई कुवेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।“डिस्चार्ज भएकाहरु अहिले अनुसन्धानमा हुनुहुन्छ,” श्रम सहचारी आचार्यले भने ।