भारतले थप ८० मेगावाट नेपाली विद्युत किन्ने

काठमाडौं – नेपालले थप ८० मेगावाट बिजुली निर्यात गर्ने भएको छ। भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ८० मेगावाट विद्युत् खरिदका निम्ति सहमति प्रदान गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
भारतले भदौ ५ गते बिहिबार मेवाखोलाको ४८.५ र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट बिजुलीका निम्ति अनुमति प्रदान गरेको हो । वाइल्याटरल सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमतिको समय २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म रहने छ ।
यसअघि नै १ हजार १०.९ मेगावाट विद्युत् खरिदका निम्ति सहमति प्रदान गरिसकेको भारतले थपेएको ८० सहित भारतमा कुल बिजुली निर्यात क्षमता १ हजार ९०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।
नेपालले वर्षायाममा बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ । भारतसँगै नेपालले बगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ । यी सबै गरेर कुल निर्यात स्वीकृत ११ सय ३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।