Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

भारतले थप ८० मेगावाट नेपाली विद्युत किन्ने

भारतले थप ८० मेगावाट नेपाली विद्युत किन्ने
  • ६ भाद्र २०८२, शुक्रबार १९:४४

काठमाडौं – नेपालले थप ८० मेगावाट बिजुली निर्यात गर्ने भएको छ। भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ८० मेगावाट विद्युत् खरिदका निम्ति सहमति प्रदान गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

mulpatra

भारतले भदौ ५ गते बिहिबार मेवाखोलाको ४८.५ र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट बिजुलीका निम्ति अनुमति प्रदान गरेको हो । वाइल्याटरल सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमतिको समय २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म रहने छ ।

यसअघि नै १ हजार १०.९ मेगावाट विद्युत् खरिदका निम्ति सहमति प्रदान गरिसकेको भारतले थपेएको ८० सहित भारतमा कुल बिजुली निर्यात क्षमता १ हजार ९०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

mulpatra mulpatra mulpatra

नेपालले वर्षायाममा बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ । भारतसँगै नेपालले बगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ । यी सबै गरेर कुल निर्यात स्वीकृत ११ सय ३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।