मौसम गतिविधि बढ्दै, बाग्मती, कर्णाली मा भारी बर्षाको सम्भावना
काठमाडौं । आज बाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सुचना अनुसार बाग्मती र कर्णाली प्रदेशको पहाडी भुभागको केही स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका अन्य भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको। मधेश प्रदेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू(भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
