Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

नेपाल पर्वतारोहण संघमा सत्ताघटक पराजित, फुर गेल्जे शेर्पा अध्यक्ष निर्वाचित

नेपाल पर्वतारोहण संघमा सत्ताघटक पराजित, फुर गेल्जे शेर्पा अध्यक्ष निर्वाचित
  • ८ भाद्र २०८२, आईतवार ०८:१३

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनमा सत्ता गठबन्धनको समर्थन पाएको समूह पराजित भएको छ । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पर्यटन व्यवसायीहरूको साझा उम्मेदवार फुर गेल्जे शेर्पा अध्यक्षमा निर्वाचित हुँदै सत्ताघटक निकट कुलबहादुर गुरुङलाई हराएका हुन् ।

mulpatra

अध्यक्षमा शेर्पाले ३४२ मत प्राप्त गर्दा गुरुङले २८८ मतमा सीमित भए । सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा एमाले निकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा पनि शेर्पा नेतृत्वको समूह विजयी भएको छ । ईश्वरी पौडेलले ३४५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाए । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मतसहित काजी शेर्पालाई पराजित गरे भने द्वितीय उपाध्यक्षमा बोधराज भण्डारीले ३६८ मतसहित धनबहादुर गुरुङलाई हराए ।

mulpatra mulpatra mulpatra

महासचिवमा राजेन्द्रबहादुर लामा ३१८ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी विमल नहर्कीले २०९ र शिव सापकोटाले ६८ मत पाए । सचिवमा चन्दन थापाले ३५८ मत ल्याउँदै विजयी भए भने प्रतिस्पर्धी ङिमा दिकी शेर्पाले २४४ मत पाइन् ।

कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाबीच बराबरी ३०४(३०४ मत आएको छ । सहमति अनुसार उनीहरूले कार्यकाल आधा(आधा बाँडेर सञ्चालन गर्ने भएका छन् ।

त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे निर्वाचित भएका छन् ।

Image Source: © https://mulpatra.com

अध्यक्षदेखि महासचिवसम्म अधिकांश पदमा फुर शेर्पा नेतृत्वको टिम विजयी भएपछि नेपाल पर्वतारोहण संघमा सत्ता गठबन्धनको पकड कमजोर बनेको छ ।