Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

५ सय समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्मको समय, ऋण नतिरे कडा कारवाही

५ सय समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्मको समय, ऋण नतिरे कडा कारवाही
  • ९ भाद्र २०८२, सोमबार १२:१३

काठमाडौँ– बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाँचवटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तसम्ममा बक्यौता रकम तिर्न अन्तिम ताकेता दिएको छ ।

mulpatra

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले सार्वजनिक सूचना जारी गर्दै अन्तिम ताकेता दिएको हो । सूचना मार्फत ऋण तिर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गर्ने ऋणीहरूप्रति कडा सन्देश दिँदै अब तोकिएको म्यादभित्र नआए कानुनी कारवाही गरिने स्पष्ट चेतावनी दिएको छ ।

सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्था ताकेता परेका हुन् ।

mulpatra mulpatra mulpatra

यी संस्थाहरू क्रमशः २०८० भदौ २१, २०८१ कात्तिक ११ र २०८१ पुस २८ मा समस्याग्रस्त सूचीमा सूचीकृत भएका हुन् । समितिका अनुसार आगामी भदौ ३१ भित्र कुनै पनि ऋणीले आफ्नो बाँकी साँवा वा ब्याज रकम बुझाउन अस्वीकार गरेमा, कानुन बमोजिम ब्याजसहित हर्जाना रकम समेत संकलन गरिनेछ ।

साथै, अचल सम्पत्ति कब्जा गर्नेदेखि कानुनी मुद्दा दायर गर्नेसम्मका प्रक्रिया अगाडि बढाइने जनाइएको छ । यसअघि समितिले फोन, व्यक्तिगत सम्पर्क र अन्य माध्यमबाट पनि ऋण तिर्न आग्रह गरिसकेको बताइएको छ ।