लिबियाका गद्दाफीसँग नेपालको राजनीतिकलाई गद्दाफिकै संज्ञा दिए प्रसाईले, ‘त्यहाँ एक गद्दाफी नेपालमा हजार’
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले नेपालको राजनीतिकलाई लिबियाका मु–अम्मर गद्दाफीसँग दाँजेर हरेका छन् । उनले लिबियाका गद्दाफीसँग दाँज्दै नेपालको राजनीतिकलाई गद्दाफिकै संज्ञा दिएका छन् । उनले पछिल्लो समय नेपालको राजनीतिक असन्तुलन हुँदा यसको फाइदा अरुले लिइरहेको समेत औंल्याएका छन् ।

नेपालको वर्तमान राजनीतिक नेतृत्वलाई लिबियाका शासक मु–अम्मर गद्दाफीसँग दाँजेर प्रहार गरेका प्रसाईले भ्रष्टाचार, परिवारवाद, स्वार्थी गठबन्धन र जनताको आवाजलाई दबाउने प्रवृत्ति अन्ततः गद्दाफी शासनझैं पतन हुने संज्ञा दिएका छन् ।
‘देशलाई आफ्नै स्वार्थका लागि प्रयोग गर्ने, जनता भन्दा माथि आफूलाई ठान्ने र सत्ता जोगाउन कुनै पनि हद नमान्ने प्रवृत्तिलाई ‘गद्दाफी प्रवृत्ति’ हो । लिबियामा गद्दाफी थिए, नेपालमा पनि राजनीतिक गद्दाफीहरू छन् । यिनै गद्दाफीहरूले राष्ट्रलाई बन्दी बनाएका छन् ।’ उनले भने ।
प्रसाईका अनुसार, जसरी गद्दाफीले चार दशकसम्म लिबियालाई आफ्नै जागिर–जायदाद ठाने, नेपाली नेताहरूले पनि राजनीति र सत्तालाई आफ्नै स्वार्थमा मात्र प्रयोग गरिरहेका छन् । नेपालमा पनि त्यस्तै हुँदा राजनीतिक मात्र होइन । देशकै अवस्था बिग्रिएको प्रसाईको बुझाइ छ । यस्तो विकृत्ति रोक्न सबै नेपाली एक जुट हुन समेत उनले आग्रह गरेका छन् ।
प्रसाईले हिन्दु राज्य कायम गर्नुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज अन्त्य हुनुपर्नेलगायतका माग राख्दै आएका छन् ।
प्रसाई स्टाटस
मु–अम्मर गद्दाफी लिबियाको इतिहासमा एउटा असाधारण शासकको रूपमा उदाए। उनी १९४२ मा सिरते भन्ने सानो मरुभूमि क्षेत्रमा जन्मिएका थिए। गरिब परिवारमा हुर्किएका उनले सानो उमेरमै राजनीति र राष्ट्रियता प्रति गहिरो चेतना बोके। १९६९ मा राजा इद्रिसको शासनविरुद्ध विद्रोह गरेर सत्ता कब्जा गरे। त्यतिबेला उनी केवल २७ वर्षका युवा थिए। त्यस क्षणदेखि सुरु भएको उनको शासन ४२ वर्षसम्म लिबियामा चलिरह्यो।
गद्दाफी सत्तामा पुगेपछि देशलाई जरा मूलदेखि बदल्ने अभियान सुरु गरे। सबैभन्दा ठूलो कदम उनले पेट्रोलियम उद्योगलाई राष्ट्रियकरण गरेर उठाए। तेलबाट आएको आम्दानीलाई उनले जनताकै जीवनस्तर सुधारमा खर्च गरे। गर्भवती महिलाको स्वास्थ्य जाँचदेखि नवजात शिशुको स्याहार–सुसार, खानपिन खोपसम्म निःशुल्क बनाइयो। एक बच्चा जन्मिँदा आमालाई अस्पताल र औषधिको शुल्क तिर्नुपर्दैन भन्ने व्यवस्था गराए। शिक्षा निःशुल्क मात्र होइन, उच्च शिक्षा पनि सरकारले खर्च गरिदिने भयो। विदेशमा पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिइन्थ्यो। स्वास्थ्य सेवा गाउँ–गाउँसम्म पुग्यो। सामान्य नागरिकले पनि बिना पैसाको उपचार पाउने व्यवस्था भयो।
गद्दाफीले गाँस,वास, कपासलाई अधिकारको रूपमा व्याख्या गरे। घर नभएका नागरिकलाई सरकारकै पहलमा घर दिइयो। बिजुली, खानेपानीजस्ता आधारभूत सुविधा निःशुल्क वा सस्तो दरमा उपलब्ध गराइयो। यसरी एक नागरिक गर्भमै हुँदा आमा शिशुको स्वास्थ्य हेरचाहदेखि मृत्यु पछि चिहानसम्म राज्यले जिम्मेवारी लिने प्रणाली गद्दाफीले स्थापना गरे। त्यसकारण कतिपयले उनलाई देश र जनताको पिता भनेर सम्मान गर्न थाले।
उनले केवल भौतिक सुविधा मात्र दिएनन्। अफ्रिकालाई एक ढोकाबाट अघि बढाउने सपना देखे। अफ्रिकी युनियनलाई बलियो बनाउन योगदान दिए। साझा मुद्रा, साझा सेना र आत्मनिर्भर अफ्रिकाको विचार ल्याए। उनले उपनिवेशवाद र साम्राज्यवादविरुद्ध आवाज उठाए। तर यिनै कारणले उनी पश्चिमी मुलुकहरूका लागि चुनौती बने। अमेरिका र युरोपले उनलाई आफ्नो हितको बाधक ठाने।
लामो समय उनको शासन कालमा कमजोरी पनि देखिन थाले। फरक विचारलाई सहन नसक्ने स्वभाव उनको सबभन्दा ठूलो दोष थियो। विपक्षीलाई जेल हाल्ने, गायब पार्ने, वा मार्ने घटनाले उनको शासनलाई कठोर बनायो। उनले आफूलाई जनताको अगुवा भनेर सम्बोधन गरे तर वास्तवमा जनताको आवाज सुन्न सकेनन्। अन्तर्राष्ट्रिय स्तरमा पनि उनी विवादास्पद बने। सन १९८८ मा स्कटल्याण्डको लोकरबी बम विस्फोटमा लिबियाको संलग्नता देखाइयो। यसले पश्चिमसँग उनको सम्बन्ध झन् खराब बनायो।
सन २०११ मा अरब स्प्रिङ आन्दोलन लिबियामा पनि फैलियो। हजारौं जनता सडकमा निस्किए। उनीहरूले परिवर्तनको माग गरे। तर गद्दाफीले जवाफ दिन पुरानो शैली नै अपनाए। सेना पठाएर प्रदर्शनकारीमाथि गोली चलाइयो। हजारौं नागरिक मारिए। तर आन्दोलन रोकिएन। बरु आन्दोलन अझ फैलियो। नाटोका मुलुकहरूले विद्रोहीलाई समर्थन गरे। हवाई आक्रमणले गद्दाफीको सेना कमजोर बनायो। राजधानी त्रिपोली विद्रोहीको हातमा परेपछि गद्दाफी आफ्नै जन्मशहर सिरतेमा फर्किए।
अक्टोबर सन २०११ मा उनले भाग्ने प्रयास गरे। तर नाटोको बम आक्रमणले उनको गाडी काफिला ध्वस्त पा¥यो। केही अंगरक्षकसहित उनी ढुंगे नालीमा लुके। तर विद्रोहीहरूले उनलाई त्यहाँ फेला पारे। इतिहासले त्यही दिन एउटा भयानक दृश्य देख्यो। जनतालाई गर्भदेखि चिहानसम्म सुविधा दिने शासक आफ्नै नागरिकको भीडमा अपमानित भए। कोहीले लात्ती हाने, कोहीले घिसार्यो, कोहीले हतियार देखाउँदै अपमान ग¥यो। उनले दया याचना गरे। दयाको भिख मागे तर भिख दिन कोही पनि दयावान भएन। अन्ततः गोली प्रहार गरेर उनको जीवन समाप्त गरियो।
उनको बिभत्स मृत्यु संसारभर चर्चित भयो। मोबाइल भिडियो र तस्बिरमार्फत सबैले देखे। एक समयसम्म जनताको पिता र देशको पिता मानिने शासकलाई आफ्नै नागरिकले टुक्रा टुक्रा पारेर सडकमा घिसार्दा सभ्यतालाई नै प्रश्न गर्ने अवस्था आयो।
गद्दाफिले आफ्नो जीवन कालभरि नागरिकलाई गर्भदेखि चिहानसम्म सेवा दिए। तर फरक मतलाई सहन गर्न र सम्बोधन गर्न सकेनन्। यही कारण जसको लागि उनले सबभन्दा धेरै सुविधा दिएका थिए, त्यही जनताले अन्ततः उनलाई अपमानपूर्वक र बिभत्स तरिकाले मारिदिए। इतिहासले उनलाई सधैं दोहोरो पहिचानसहित चिनाइरहने छ, सम्झिरहनेछ। एकतर्फ लिबियालाई धनी र आधुनिक बनाउने शासक। अर्कोतर्फ फरक विचारलाई दबाउने तानाशाह।
यो ऐतिहासिक कथा आजको नेपाली राजनीतिक परिवेशमा प्रासंगिक छ।समय सापेक्ष बनेर मिलेको छ । हिजोको गणतन्त्रले जनतालाई राजाको रैतिबाट स्वतन्त्र नागरिक बनाउने सपना देखाए ।तर आज त्यो सपना भ्रष्टाचार, तस्करी र कमजोर प्रशासनमा डुबेको छ। आज नेपाली नागरिकहरु दलाल, भष्ट र तस्करका गोठमा बाँधिएका गाइ गोरु जस्तै बधुवा मजदुर बन्न बाध्य भएका छन् । नागरिकले अधिकार माग्दा नेताले झुट्टा मुद्दा हाल्ने । हिरासतमा पठाउने र प्रहरि प्रशाषनमार्फत आवाज दबाउने काम गर्दै आएका छन्।
अहिले दुर्गा प्रसाइ त्यही आवाज बनेका छन्। उनी सदनमा होइन, सडकमा छन्। उनि नागरिकको मन मुटुमा बसेका छ् ।लाखौं शोषित नागरिकको सारथि बनेर उनी जनताको पीडा मुखरित गरिरहेका छन्। तर शासकहरूले त्यसलाई सहन सक्दैनन्। जसरी गद्दाफी ले फरक मत सहन सकेनन् । नेपालका नेताहरू पनि प्रतिपक्षका रुपमा रहेका जनताका सारथि दुर्गाको आवाज दबाउन खोजिरहेका छन्।
नेपालमा सत्ता स्थिर छैन। प्रतिपक्षी छैन।पार्टि छैन । सिद्बान्त छैन । समर्पण र दुरगामि दृष्टि हराएको छ । जनता भयभीत छन्। हिजो “आई लभ यू बा” भन्नेहरू आज “आई हेट यू” भन्न बाध्य छन्। बेरोजगारी र महगिले नागरिकलाइ थिलथिलो बनाएको छ । रोजगारको अवसर सीमित भन्दा पनि शुन्य जस्तै बनेको छ। नेताहरूका छोराछोरी विदेशी स्कूलमा पढ्छन्। उनिहरुमा राष्ट्र प्रतिको न माया छ न भबिश्य नै । जनता भोकै छन् तर नेताका पालुवा कुकुरसम्म आयातित भिटामिन खाएर बाँचेका छन्न्
राजनीतिक दलमा प्रतिपक्ष केवल नाटक हो। संसद जनता होइन कमिसन र दलालीको लागि बनाइएको छ। अदालत नागरिकको होइन सरकारको इशारामा चल्छ। पुलिस नागरिकको होइन नेताको आदेशको पालक बनेको छ। कानुन व्यवस्था विरोधको आवाजलाई दबाउन बनाइएको छ।
दुर्गा प्रसाइको योगदान नागरिकको अधिकार सुरक्षित गर्ने अभियानमा स्पष्ट छ। उनी सडकमा प्रतिपक्ष बनेर राज्यको कु–ब्यवस्था उजागर गर्दै आएका छन्। भ्रष्ट नेता, प्रशासन र सुरक्षा संरचनाले जनता माथि दमन गर्दा उनले जनताको आवाज बनेर उनीहरूको पीडा विश्वसामु पु¥याइरहेका छन्।
यो विडम्बना हो। जनता जसको लागि मतदान गर्छन्, उनीहरूकै पैसा र अधिकारमा दलाली हुन्छन् । हिजो गणतन्त्रले अधिकार दिने वाचा गरेको थियो । आज त्यो अधिकार बेचिएको छ। नागरिकको क्रोध सडकमा प्रकट हुदैछ । इतिहासले भन्छ जनता लामो समय सहन सक्छ तर अनन्तकाल सम्म होइन।
दुर्गा प्रसाइको संघर्ष नेपाली नागरिक र राज्यका लागि चेतावनी बनेको छ। यो ज्वालामुखी को झिल्को मात्रहो जसरी हिरालाइ काट्न हिरानै चाहिन्छ त्यसरी नै दलिय व्यवसथाले निम्त्याएको अन्याय अत्याचार दमन शोषण र भ्रष्टाचार को अन्त्य गर्न उनि दलिय राजनीतिमा सामेल भएर उदाउदै छन्न् । अब नेपालमा यस्तो दिन आउने छ जुन दिन गद्दाफीको कथा जस्तै दोहोरिन सक्छ। जनता जागरुक छ आवाज उठिरहेको छ। यही सन्दर्भमा गद्दाफीको जीवन र मृत्यु नेपाली शासक नेपाली गद्दाफि र नेपाली जनता दुवैका लागि सन्देश बनेको छ।
