Close

Recent Posts

युवा संघ नेपाल नवौं राष्ट्रिय अधिवेशन तयारी बैठक सम्पन्न

युवा संघ नेपाल नवौं राष्ट्रिय अधिवेशन तयारी बैठक सम्पन्न
  • १२ भाद्र २०८२, बिहीबार १२:४७

धनगढी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले नवौं राष्ट्रिय अधिवेशन तयारीसम्बन्धी बैठक सम्पन्न गरेको छ । बैठक कमिटीका संयोजक महेश राज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

mulpatra

बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज एवम् पूर्वमन्त्री भानुभक्त जोशी प्रमुख अतिथि रहेका थिए। त्यस्तै, पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री शेरबहादुर कुवर, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्वमन्त्री लालबहादुर खड्का, युवा संघ नेपाल नवौं राष्ट्रिय अधिवेशन आयोजक कमिटी सदस्य नरेश गिरीलगायत अतिथिहरूको उपस्थिति रहेको सदस्य देवेन्द्र शाहीले जानकारी दिए ।

बैठकमा सुदूरपश्चिमका सबै जिल्लाबाट उपलब्ध सदस्यहरूको सहभागिता रहेको थियो। अर्को बैठकमा कमिटीलाई पूर्णता दिने निर्णय गरिएको छ । साथै, राष्ट्रियता र स्वाभिमानका लागि ‘जागर अभियान’ सञ्चालन गर्ने र यसको मिति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव आगामी बैठकमा पेस गर्ने निर्णय भएको सदस्य राम बिकले बताए ।

mulpatra mulpatra mulpatra

बैठकमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको पुनः स्पष्ट गर्दै यसबारे अन्य राष्ट्रहरूले गर्ने कुनैपनि निर्णय वा सम्झौता खेदजनक रहेको र त्यसप्रति आपत्ति जनाउने निर्णयसमेत गरिएको सदस्य एम.डी. भट्टले जानकारी दिए ।