Close

Recent Posts

बेइजिङमा विशाल सैन्य परेडमा पुटिन, किम जोङदेखि विभिन्न देशका राष्ट्रप्रमुख सहभागी

बेइजिङमा विशाल सैन्य परेडमा पुटिन, किम जोङदेखि विभिन्न देशका राष्ट्रप्रमुख सहभागी
  • १८ भाद्र २०८२, बुधबार १०:३६

काठमाडौं– जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा बेइजिङमा विशाल सैन्य परेड आयोजना गरिएको छ ।

mulpatra

चीनको पैचिङस्थित थ्येनआनमन चोकमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह आयोजना गरिएको हो ।

समारोहलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले महत्त्वपूर्ण सम्बोधन र सेनाको अवलोकन निरीक्षण गरेका थिए । समारोहमा नेपालका प्रधानमन्त्री केपी शार्म ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि उत्तर कोरियाली शासक किम जोङ उन लगायत विभिन्न २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले स्मृति समारोहमा भाग लिएका छन् ।