Close

Recent Posts

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नखोसेको, पाण्डे र ज्ञवालीको असहमति भोलिको बैठकले निर्णय गर्छः पोखरेल

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नखोसेको, पाण्डे र ज्ञवालीको असहमति भोलिको बैठकले निर्णय गर्छः पोखरेल
  • १८ भाद्र २०८२, बुधबार १५:००

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको प्रस्तावमाथि नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयमाथि असहमति मात्रै भएको बताएका छन् ।

mulpatra

विधान महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुई उपाध्यक्षको निर्णयमाथिको असहमति विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने बताए । उनले पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नखोसेको बताए ।उनले भने, ‘परित्याग गरेको विषयलाई पुनः कायम गर्ने कि नगर्ने भन्ने पार्टीको फैसला छ । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको छ । त्यसमा पार्टी कायमै छ ।’

उनले भने, कर्ण थापाले पार्टी जीवनको लोकतान्त्रिकरणको विषय उठाएर उहाँले पनि विधानमा फरक मत राख्नुभएको छ । त्यो विधानमाथि छलफल हुनसक्ला। त्यो विषय पनि भोलिको सचिवालय बैठकले नै निरूपण गर्ला। अरूले फरक मत राख्नुभएको छैन ।

mulpatra mulpatra mulpatra