कर्ण थापाको फरक मत एमाले विधान महाधिवेशनमा प्रस्तुत हुने (पुर्ण पाठसहित)
काठमाडौँ । आजबाट ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन शुरु हुँदैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत समेत पेश हुने भएको छ ।

पछिल्लो समयमा पुर्व पार्टी उपाध्यक्ष, पुर्व राष्ट्रपति विद्या देवी भण्डारीको पार्टी सदस्यता कायम नरहने बारे पार्टीले गरेको निर्णयका बारे थापाको प्रतिवेदनमा समेटिएको छ । थापाले ७० वर्षे उमेरहद र २ कार्यकाल कायम राख्नुपर्ने, पार्टी कमिटीहरू लोकतान्त्रिक ढंगले चयन हुनुपर्ने लगायतका विषय समेत समेटिएको छ ।
उनले पार्टीमा जबजले स्थापित गरेका मान्यताहरु हात्तिको देखाउने दाँतमात्रैमा सीमित गरिएको आरोप लगाएका छन् । त्यसबाट पार्टीलाई मुक्त गर्न जबजको मूल सिद्धान्त र त्यसले विकास गरेका मूल्य र मान्यतालाई दह्रो गरी आत्मसात गर्नु पर्ने र पार्टी सफलतामा श्रेय लिने क्रममा होडबाजी हुने र कमजोरी, पराजयका क्रममा जवाफदेही नहुने र उत्तरदायीहुनु भन्दा आरोपको राजनीतिकमा लाग्नेगरेको नेतृत्वलाई आरोप समेत लगाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
आठ बुँदामा समेटिएको प्रस्तावमा विश्व कम्युनिष्ट आन्दोलन देखि नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादको बारेमा खुलेर प्रशंसा गर्दै उनले अनुरोध गरेका छन् ‘मेरो हार्दिक आव्हान छ, जबजको विचारलाई दह्रो गरी पक्रौं । व्यवहारमा यसको कार्यान्वन गरौं । यसको रक्षा र सम्वर्धनमा सबैले योगदान गरौं । जबजको मार्गदर्शनमा नेपाली विशेषताको समाजवाद निर्माणको लागि अग्रसर होआंै ! नेपाली समाजमा माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग र जनताको बहुदलीय जनवादको कार्यान्वयन त्यसको पक्षमा दृढतापूर्वक उभिदै पार्टीलाई निश्चित विधि, पद्धति, मूल्य–मान्यता र राष्ट्र र जनताको सर्वोपरी हितमा सञ्चालन गरेर मात्र हुनसक्छ भन्ने सच्चाईलाई सबैले आत्मसात् गरौं ।’
थापाले प्रस्तुत गरेको फरक मत सचिवालयले स्विकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
यस्तो छ पुर्ण पाठः



