Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जीएसआईलाई समर्थन गर्‍यो भनेर विरोधीले हल्ला गराएः ओली

जीएसआईलाई समर्थन गर्‍यो भनेर विरोधीले हल्ला गराएः ओली
  • २० भाद्र २०८२, शुक्रबार १४:११

काठमाडौं । ललितपुरको गोदावरीमा जारी एमाले विधान महाधिवेशनमा बोल्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले चीनले प्रस्ताव गरेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा समर्थन नजनाएको बताए ।

mulpatra

उद्घाटनसत्रमा बोल्दै ओलीले जीएसआईमा समर्थन गरेको भनेर विरोधीले हल्ला मात्र चलाएको आरोप लगाए ।
चीन भ्रमणका क्रममा आफुले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई लिपुलेकको विषयमा प्रश्न उठाएको बताए । उनले भने, ‘लिपुलेकको विषय सीसँग उठाएको छु, यो रेकर्डमा छ, भिडियोमा छ, नोटमा छ ।’

ओलीले भने, ‘जीएसआईलाई समर्थन गर्‍यो भनेर हल्ला गराए तर हामीले केही बोलेका छैनौँ । राष्ट्रवादी भनिएकालाई दिने जवाफ छ । देशले सुन्नेगरी विदेशले सुन्ने गरी भन्छु, ‘देशको हित र पञ्चशीलको सिद्धान्त, विश्व शान्ति र विश्व न्यायविरुद्ध क्रियाकलाप र वचन वा चिन्ता पनि राख्दैनौँ ।’

mulpatra mulpatra mulpatra

यता ओलीको चीन भ्रमणको भोलीपल्टै ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई नेपालले समर्थन गरेको समाचार व्याप्त भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ता भएपश्चात चीनले जारी गरेको विज्ञप्तिमा नेपालले जीएसआईलाई समर्थन गरेको दाबी गरिएको थियो ।
तर त्यसको भोलीपल्ट परराष्ट्र सचिव अमृत राईले जीएसआई मा समर्थन नगरेको जनाएका थिए ।