बीमा प्राधिकरणको अध्यक्षमा १३ जनाको आवेदन, कसले मार्ला बाजी ?

बीमा प्राधिकरणको अध्यक्षमा १३ जनाको आवेदन, कसले मार्ला बाजी ?
  • २२ भाद्र २०८२, आईतवार १०:१८

काठमाडौँ– नेपाल बीमा प्राधिकरणको अध्यक्षमा १३ जनााको आवेदन परेको छ । सरकारले गत भदौ १३ गते प्राधिकरणको अध्यक्षको लागी दरखास्त आह्वान गरेको थियो ।

mulpatra

सरकारले तोकेको म्याद हिजो शुक्रबार समाप्त भएको छ । सो अवधीमा १३ जनाले आवेदन दिएका छन् ।

को–को छन् दावेदार ?

mulpatra mulpatra mulpatra

बीमा प्राधिकरणको अध्यक्षको लागी विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, महेश्वर न्यौपाने, प्रा.डा. दिपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्लेले आवेदन दिएका छन् ।

आवेदकहरू बसौला स्वास्थ्य बीमा बोर्डका पुर्व कार्यकारी निर्देशक हुन् भने शिवाकोटी राष्ट्र बैकका पुर्व डेपुटी गभर्नर हुन् । देवकुमार ढकाल र डा. राजेन्द्र पण्डित राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक हुन् ।