Close

Recent Posts

जेएनजी पुस्ता रुपान्तरण आन्दोलन, फाइदा हेर्दै राश्वपादेखि कुलमान र बालेन पनि

जेएनजी पुस्ता रुपान्तरण आन्दोलन, फाइदा हेर्दै राश्वपादेखि कुलमान र बालेन पनि
  • २२ भाद्र २०८२, आईतवार १९:५९

काठमाडौं– जेएनजी पुस्ता सरकारले देखाएको अराजकता, भ्रष्टाचार र गैरजिम्मेवारीपनाविरुद्ध सशक्त रूपमा अघि बढ्दैछ । नयाँ पुस्ताले परिवर्तनको मागसहित आवाज बुलन्द गर्दै शान्तिपूर्ण तर दृढ आन्दोलनमार्फत समाजमा नयाँ चेतना जगाउने प्रयास गरिरहेको छ । तर सरकारले यसलाई सामान्य ठानेको छ ।

mulpatra

जेएनजी पुस्ताले सुशासन, जवाफदेहिता र पारदर्शी नेतृत्वलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै सरकारलाई जवाफदेही बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री भइसकेका मानिसहरू संलग्न आरोप लागेका तर अझै पनि कानुनी दायरामा नआएका ललिता निवास जग्गा प्रकरण लगायत ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।

जेएनजी पुस्ताले देशमा सुशासन, रोजगारी सिर्जनाको वातावरणलगायत हुनुपर्ने माग राखेका छन् ।
विद्यार्थीहरू पोशाक लगाएर परिचय पत्रसहित कम्तीमा एउटा किताबसहित माइतीघर मण्डलमा उपस्थित हुन उनीहरूले आग्रह गरेका छन् । यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ ।
नेपालमा दर्ता गर्न नआएका सामाजिक सञ्जाललाई सरकारले बन्द गर्ने निर्णय गरेको थियो ।

देशको राजनीतिक अस्थिरता, सरकारको अराजकता, बढ्दो भ्रष्टाचार र बेरोजगारीप्रति असन्तुष्टि बढ्दै जाँदा जेएनजी पुस्ता अन्ततः सडकमा उत्रिदै छ । यसको अर्थ जेएनजी पुस्ताले देशमा परिवर्तन खोेजेको देखिन्छ ।
देशमा लामो समयदेखि सुनुवाइ नपाएको गुनासो, सुशासन र जवाफदेहिताको अभाव, तथा भविष्य अन्धकारतर्फ धकेलिएको अनुभूतिले युवापुस्तालाई प्रत्यक्ष आन्दोलनतर्फ धकेलेको छ ।

नेपालमा जेएननी पुस्ता

नेपालमा जेएनजी पुस्ताको अभियान करिब २–३ वर्षअघि सुरु भएको मानिन्छ । प्रारम्भमा यो अभियान साना–साना सामाजिक, राजनीतिक र युवा संगठनहरूमा सीमित रह्यो ।

तर, पछिल्ला वर्षमा भ्रष्टाचार, बेरोजगारी, प्रशासनिक अराजकता र पारदर्शिताको कमी जस्ता समस्याप्रति युवापुस्ताको असन्तुष्टि बढ्दै गएपछि अभियानले राष्ट्रिय स्तरमा ध्यानाकर्षण पाउन थालेको हो ।

जेएनजी पुस्ताले सुरुमा सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरू मार्फत आफ्ना विचार, माग र दृष्टिकोण साझा गर्दै जनसहभागिता बढाउने प्रयास गरेका थिए । पछि, युवापुस्ताले प्रत्यक्ष सडक आन्दोलन, प्रदर्शन र जनदबाब मार्फत आफ्नो अभियानलाई थप सक्रिय बनाएका छन् ।

यो अभियान भ्रष्टाचार र पारदर्शिता नीतिमा सुधार ल्याउन र युवा वर्गलाई राजनीतिक प्रक्रियामा सक्रिय बनाउने उद्देश्यले सुरु भएको हो ।

जेएनजी पुस्ताले उठाएका मुख्य मुद्दा:

भ्रष्टाचार नियन्त्रण र राज्यको स्रोतको दुरुपयोग अन्त्य ।

रोजगारको अवसर सिर्जना र युवा पलायन रोकथाम ।

जवाफदेही नेतृत्व र पारदर्शी शासन व्यवस्था ।

समान अवसर र न्यायपूर्ण समाज निर्माण ।
राज्यको स्रोत र साधन दुरुपयोग भएको छ ।

सुशासन र जवाफदेहिता हराएको छ ।

अवसरहरू सिमित वर्गमा मात्र केन्द्रित छन् ।

र भविष्य अन्धकारतर्फ धकेलिँदैछ ।

जेएनजी आन्दोलनसँग सबैको आ–आफनो दाउ

देशभर फैलिरहेको जेएनजी पुस्ताको आन्दोलन रुपान्तरण र सुधारको मागसहित सडकमा उत्रिएको छ । युवापुस्ताले भ्रष्टाचार, अराजकता र पारदर्शिताको अभावविरुद्ध आवाज बुलन्द गर्दै परिवर्तनमुखी कदम चाल्ने अठोट गरेका छन् ।

विश्लेषकहरूको भनाइमा, यो आन्दोलनसँग केही प्रभावशाली व्यक्तित्वहरूले प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिने दाउ गरिरहेका छन्। ऊर्जा क्षेत्रका लोकप्रिय व्यक्तित्व कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यस आन्दोलनको असर र सम्भावित फाइदा मूल्याङ्कन गर्दै नजिकबाट नियालिरहेका छन् ।

जेएनजी पुस्ताले सडकबाट उठाएको आवाजले सरकारमा दबाब सिर्जना गर्ने र युवापुस्ताको दृष्टिकोणलाई राष्ट्रिय स्तरमा ल्याउने अपेक्षा गरिएको छ । यद्यपि, समर्थक र लाभ उठाउने पक्षबीचको सन्तुलनको भविष्य राजनीतिको प्रमुख केन्द्रबिन्दु बन्ने देखिन्छ । उनीहरुले आफनो दाउ हेरिरहेका छन् ।

राजनीतिक दल र सरकारप्रति असन्तुष्टिले गर्दा जेएनजी पुस्ता ‘शान्तिपूर्ण आन्दोलन’ को नाममा सडकमा निस्किएको हो । युवाले आफ्नो आन्दोलनलाई नतिजामुखी बनाउने अठोट व्यक्त गरेका छन् ।
नेपालमा परम्परागत दलहरूले युवापुस्ताको भविष्यप्रति संवेदनशीलता नदेखाएकै कारण अब सडकबाटै आवाज बुलन्द गर्नु बाध्यता बनेको हो ।

देशभर फैलिँदै गएको जेएनजी पुस्ताको आन्दोलनलाई ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङले नजिकबाट नियालिरहेका छन् । भ्रष्टाचारविरोधी नारासहित अघि बढेको यस आन्दोलनसँग घिसिङको छवि र विचार मेल खाने भएकाले उनी यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिन सक्ने अड्कल गर्न थालिएको छ ।
घिसिङले आन्दोलनको सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई सकारात्मक दृष्टिले हेरेका छन् । यद्यपि, उनले औपचारिक घोषणा भने गरेका छैनन् । विश्लेषकहरूको भनाइमा यदि घिसिङजस्ता लोकप्रिय व्यक्तित्व आन्दोलनसँग खुलेर जोडिए भने यसले जेएनजी पुस्ताको आन्दोलनबाट फाइदा पुग्ने उनको पनि दाउ रहेको जेएनजी पुस्ताकै युवाहरु बताउँछन् ।

उनीसँगै युवा पुस्तामा्झ चर्चित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यसमा जोडिन दाउ हेरिरहेका छन् । बालेन स्यंम युवा राजनीतिकमा चर्चित नाम हो ।
बालेन शाह हाल देशभर फैलिएको जेएनजी पुस्ताको आन्दोलनलाई नजिकबाट नियालिरहेका छन् । कतिपय जेएनजी पुस्ताले उनको फोटो समेत प्रचारमा जोडेका छन् ।
भ्रष्टाचार, सरकारको अराजकता र पारदर्शिताको अभावविरुद्ध अघि बढिरहेको आन्दोलनसँग शाहको दृष्टिकोण मेल खाने भएकाले उनी यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समर्थन गर्न सक्ने अड्कल गरिएको छ ।

विश्लेषकहरूको अनुसार यदि बालेन शाहजस्ता लोकप्रिय र प्रभावशाली व्यक्तित्व आन्दोलनमा खुलेर सामेल भए भने यसले जेएनजी पुस्ताको आन्दोलनलाई थप बल र वैधता प्रदान गर्न सक्नेछ । यद्यपि, मेयर शाहले औपचारिक रूपमा कुनै घोषणा भने गरेका छैनन् । घिसिङ र शाहसँग परिवर्तनमा अभियन्त्ता दुर्गा प्रसाई र धरानका मेयर हर्क साम्पाङ पनि जोडिदैछन् ।

जेएनजीसँग राजनीतिक जोडिएको राश्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) हाल देशभर सक्रिय जेएनजी पुस्तासँग राजनीतिक दृष्टिले नजिक हुँदैछ । युवापुस्ताले भ्रष्टाचार, अराजकता र पारदर्शिताको अभावविरुद्ध सुरु गरेको आन्दोलनसँग पार्टीको दृष्टिकोण मेल खाने भएकाले राश्वपाले उनीहरूसँग सहकार्य गर्ने रणनीति अघि सारेको सरकारले आरोप लगाउँदै आएको छ ।

राश्वपाको यो कदमले जेएनजी पुस्तालाई राजनीतिक समर्थन र वैधता दिने सम्भावना बढाएको छ । तर, राजनीतिक दलसँगको जोडसँगै आन्दोलनको स्वतन्त्रता र युवा एजेन्डाको सन्तुलन कायम राख्नु चुनौतीपूर्ण बन्न सक्छ।हालको युवा आन्दोलन र सामाजिक अभियानमार्फत परिचित जेएनजी पुस्ता अब राजनीतिक परिप्रेक्ष्यमा सक्रिय हुँदैछ ।
युवापुस्ताले भ्रष्टाचार, अराजकता र पारदर्शिताको अभावविरुद्ध सडक र सामाजिक अभियानमार्फत आवाज उठाइरहेका छन् र अब उनीहरूको गतिविधि राजनीतिक गठबन्धन र प्रभावमा परिणत हुँदै गएको देखिन्छ ।

विशेषज्ञहरूले भनिरहेका छन् कि जेएनजी पुस्ताले राजनीतिक दल र नेतृत्वसँग सहकार्य गरेर आफ्नो रूपान्तरण र सुधारको एजेन्डा अघि बढाउने प्रयास गरिरहेको छ । यसले युवापुस्तालाई निर्णय प्रक्रियामा प्रत्यक्ष भागीदार बनाउने र राष्ट्रिय स्तरमा उनीहरूको मागलाई सुनुवाइ गराउने सम्भावना बढाएको छ ।

यद्यपि, राजनीतिकसँगको जोडसँगै आन्दोलनको स्वतन्त्रता र उद्देश्यमा सन्तुलन राख्नु चुनौतीपूर्ण बन्न सक्ने बताइएको छ ।