Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

नेपालको जेनजी आन्दोलनबारे अन्तर्राष्ट्रिय मिडियामा चर्चा

नेपालको जेनजी आन्दोलनबारे अन्तर्राष्ट्रिय मिडियामा चर्चा
  • २३ भाद्र २०८२, सोमबार १५:२२

काठमाडौँ– नेपालमा भइरहेको जेनजी आन्दोलनको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरिरहेका छन् । इण्डिया टुडेले आन्दोलनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु र ८० जना घाइते भएको उल्लेख गरेको छ । नेपाल सरकारले ४ सेप्टेम्बरमा २६ वटा मुख्य सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएपछि नागरिकमा आक्रोशमा बढेको उल्लेख गरेको छ ।

mulpatra

भरतीय अनलाइन न्युज पोर्टल इण्डिया टुडेले नेपालमा जेनजीले ठुलो प्रदर्शन गरेको समाचार प्रकाशन गरेको छ । बीबीसीले नेपाल सरकारले २६ वटा प्रमुख सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि जेनजी पुस्ताका युवाले देशव्यापी प्रदर्शन गरेको समाचार प्रकाशन गरेको छ । प्रदर्शनमा अधिकांश स्कुल र कलेजका विद्यार्थी सहभागी भएको समाचारमा उल्लेख छ । प्रदर्शनकारीहरुले नेपालको राजनीतिक भ्रष्टाचारको मुद्दा उठाउँदै संसद् भवन प्रवेश गर्ने क्रममा प्रहरीसँग झडप भएको जनाएको छ ।

अर्को भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा जेनजी पुस्ता सरकारविरुद्ध सडकमा आएको उल्लेख गरेको छ । प्रदर्शनकारीहरु संसद् भवन परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको उल्लेख गरेको छ । आजतकले नेपालमा सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा आवाज उठेको भन्दै प्रदर्शन नियन्त्रणका लागि सरकारले कफ्र्यु आदेश जारी गरेको समाचार प्रकाशन गरेको छ ।
नवभारतटाइम्सले ‘फेसबुक, इन्स्टाग्राम बन्दविरुद्ध नेपालमा जेनजीको प्रदर्शन, कफ्र्यु लगाएपछि पनि संसद् परिसरमा प्रवेश गरे प्रदर्शनकारी’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । नेपालका जेनजीले सोमबारको प्रदर्शनलाई ‘जेनजी रिभोल्युसन’ नाम दिएको नवभारतटाइम्सले उल्लेख गरेको छ ।

mulpatra mulpatra mulpatra

टाइम्स इण्डियाले पनि नेपालमा जेनजीको प्रदर्शनलाई मुख्य समाचार बनाएको छ । ‘फेसबुक, युट्युब, एक्स ब्यान्ड नेपाल ः जेनजीज टेकओभर काठमाण्डु स्ट्रिट्स’ शीर्षकमा समाचार बनाएको छ । टाइम्स अफ इण्डियाले ठुलो संख्यामा नेपालको राजधानी काठमाडौँ लगायत प्रमुख सहरहरुमा जेनजी युवाले सरकारविरुद्ध प्रदर्शन गरेको उल्लेख छ । राष्ट्रिय झण्डा लिएर राष्ट्रगान गाउँदै उनीहरुले प्रदर्शन गरेको समाचारमा छ ।

भ्रष्टाचार र समाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा नेपालका जेनजी पुस्ताले देशव्यापी प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ८ जनाको मृत्यु भएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् । अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालको जेनजी आन्दोलनको समाचारलाई प्राथमिकता दिइरहेका छन् ।

राजधानी काठमाडौँ, विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्जलगायत प्रमुख सहर र अन्य स्थानमा पनि उनीहरुले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रणका लागि प्रशासनले काठमाडौँ र पोखराका केही स्थानमा कफ्र्यु आदेश समेत जारी गरेको छ भने अन्य केही सहरमा निषेधाज्ञा लगाएको छ ।

Image Source: © https://mulpatra.com