Close

Recent Posts

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, भैंसेपाटीको मन्त्री क्वार्टरमा आगजनी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, भैंसेपाटीको मन्त्री क्वार्टरमा आगजनी
  • २४ भाद्र २०८२, मंगलवार १३:३२

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो । विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

mulpatra

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो ।

जेनजी प्रदर्शनकारीहरु भैंसेपाटीस्थित मन्त्री निवासतर्फ अघि बढेपछि मन्त्रीसहितका मानिसहरुलाई हेलिकप्टरमार्फत बाहिर निकालिएको छ ।

mulpatra mulpatra mulpatra

त्यस्तै, क्वार्टरमा आगजनी भएपछि सेनाले हवाई फायर गरेको छ । सेनाका ६ हेलिकप्टरबाट मानिसहरुलाई सेनाका ६ वटा हेलिकप्टरबाट मन्त्रीसहितलाई सुरक्षित स्थानतर्फ निकालिएको हो ।

आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेता र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।