Close

Recent Posts

जेन–जीको आन्दोलनमा घुसपैठ भएको गगन र विश्वको निष्कर्ष

जेन–जीको आन्दोलनमा घुसपैठ भएको गगन र विश्वको निष्कर्ष
  • २५ भाद्र २०८२, बुधबार १७:३५

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेन–जीको उद्घोष जायज रहेको बताएका छन् । बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनीहरूले सोमबार भएको मानवीय क्षतिले दिएको चोटमाथि मंगलबारका घटनाहरूले थप पीडा थप्न पुगेको बताएका छन् ।

mulpatra

‘शान्तिपूर्ण प्रदर्शनमार्फत दबाब सिर्जना गराएर आफ्ना माग पूरा गराउने जेन–जीको उद्घोष विल्कुलै जायज थियो । तर सिंहदरबार, शीतलनिवास, संसद भवन, सर्वोच्च अदालतलगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खर्बौंको संरचना अनि लोकतान्त्रिक संस्था ध्वस्त गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने घोषणा जेन–जीको थिएन, र त्यो जेनी–जीको माग पनि होइन भन्ने हाम्रो विश्वास हो,’ विज्ञप्तिमा भनिएको छ, ‘कैयौँ सरकारी कार्यालय, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठान आदिमा गरिएको आगजनि अत्यन्तै दुःखद र निन्दनीय छ । जेन–जी आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतवश पसेकाहरूले योजनाबद्ध रूपमा यो सब विध्वंश गरेका हुन् भन्ने हाम्रो बुझाइ छ ।’

उनीहरूले जेन–जी युवाहरूको स्वस्फुर्त प्रदर्शनमा विभिन्न स्वार्थ समूहहरूले गरेको घुसपैठ, हिंसा, हत्या र योजनाबद्ध आगजनीको निन्दा गरेका छन् । ‘जेनजी युवाहरूको स्वस्फुर्त प्रदर्शनमा विभिन्न स्वार्थ समूहहरूले गरेको घुसपैठ, हिंसा, हत्या र योजनाबद्ध आगजनीको कठोर निन्दा गर्छौं । अबको सरकारले देशब्यापी रूपमा भएको यो सम्पूर्ण ध्वंसको छानबिन गर्न र पुनर्निर्माणका लागि यथासक्य चाँडो योजना निर्माण गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

mulpatra mulpatra mulpatra