जेनजीको बलिदानलाई धोका नदिन सम्बन्धीत पक्ष दुर्गा प्रसाईको अपिल
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाको बलिदानलाई धोका नदिन सबैलाई आग्रह गरेका छन् । उनले बलिदान व्यर्थ नजाओस् भन्दै राजनीतिक दल र नेतृत्वलाई जिम्मेवार ढंगले अघि बढ्न अपिल गरेका छन् ।

देशलाई गहिरो संकटबाट जोगाउन जेनजी पुस्ताको सक्रिय सहभागिता अपरिहार्य भएको चिन्तकहरूले बताएका छन् । नयाँ सोच र साहस बोकेको यो पुस्ता राष्ट्रको भविष्य सुरक्षित गर्न निर्णायक बन्ने अपेक्षा गरिएको छ । यस पुस्ताको बलिदानलाई कानुनमा निर्माणमा गर्नुपर्ने उनको माग छ ।

