Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

भाटभटेनीबाट लुटिएको मालसामान फिर्ता गर्न खोटाङ हलेसी सेवाका निबर्तमान अध्यक्ष कटुवालको अनुरोध

भाटभटेनीबाट लुटिएको मालसामान फिर्ता गर्न खोटाङ हलेसी सेवाका निबर्तमान अध्यक्ष कटुवालको अनुरोध
  • १ आश्विन २०८२, बुधबार ११:५१

काठमाडौं– भदौ २३ र २४ गतेका दिन भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तनको माग गर्दै सुरु भएको जेनजी आन्दोलनमा विभिन्न समूहको घुसपैठ गर्दै देसका सार्बजनिक सम्पती तोडफोड,आगजनि भएपछि राज्यद्वारा गोलीबारसहितको कठोर दमन भएको थियो । यही आन्दोलनमा ७३ जना ज्यान गुमाएका छन् ।

mulpatra

यसैबीच, खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा जन्मेका मिनबहादुर गुरुङले सानो किराना पसलबाट सुरु गरेर देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनी निर्माण गदै आगाडी बढ्नु भएको थियो । भाटभटेनीमा आमाको अचारदेखि दाल–चामल, दूध–दही, तरकारीसम्म हाम्रो आफ्नै खेतबारी र उद्योगमा बनेका सामानहरू सस्तो मूल्यमा उपलब्ध हुँदै आएको थियो । यसैले भाटभटेनी केवल एउटा सुपरमार्केट मात्र नभई हाम्रो दैनिक जीवनसँग जोडिएको, नेपाली उत्पादनलाई बलियो बनाउने र देशको अर्थतन्त्रलाई मजबुत बनाउने साझा आधारस्तम्भ थियो । तर आन्दोलनमा आएका केही समुहले भाटभोटी तोडफोड गरे ।

हजारौं नेपालीले भाटभटेनीमार्फत प्रत्यक्ष रोजगारी पाएका थिए भने लाखौंले अप्रत्यक्ष लाभ लिएका छन्। विदेशमा पूँजी पठाउने सट्टा, गुरुङले गार्मेन्ट, होटलदेखि विभिन्न उद्योगमा यही देशमै लगानी गरी देशलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान दिनुभएको छ । साथै, उहाँले बाल अस्पताल निर्माणदेखि थुप्रै सामाजिक सेवामा खुलेर आफ्नै आम्दानी खर्च गर्नुभएको थियो, जसबाट हजारौं बालबालिकाले जीवन र आशा पाएका छन् ।

mulpatra mulpatra mulpatra

तर, दुःखद घटना यो भयो कि उहाँको ४० वर्षको मेहनत केही घण्टामै जलेर खरानी पारियो, देशका विभिन्न छेत्र,जिल्ला मा रहेका भाटभटेनी लुटियको आगजनि भएको छ । यद्यपि उहाँ आत्तिनुभएको छैन, अझै उठ्ने, अझै देशका लागि काम गर्ने अटुट विश्वास र हिम्मत राख्नुभएको छ। यस्तो उद्यमीलाई जोगाउनु, उठाउनु र सम्मान गर्नु नेपाल सरकार तथा हामी सबै नेपालीको साझा दायित्व हो ।

जसले समान चोरेका छन्, तुरुन्तै फिर्ता गरिदिनुहोस्।
नजिकका टोलबासी श्रमदान गरेर जलेका पसल सफा गर्न अघि बढ्नुहोस्।
व्यापारीहरूले केही समय थोरै नाफा खान तयार होऊन्।
आम उपभोक्ताले यो दशैं–तिहारमा भाटभटेनी र अन्य प्रभावित पसललाई प्राथमिकता दिनुहोस्।
राज्यले दोषीलाई कडा भन्दा कडा सजाय दिओस्, तर अज्ञानतावश संलग्न भएका बालबालिकालाई शिक्षा र चेतना दिओस्।

भाटभटेनी केवल मिनबहादुर गुरुङको मात्र होइन, यो हजारौं को जागीर मार्फत धेरैको रोजिरोटि चलाउने नेपालीको हो । धेरैको भविष्य हो, हाम्रो र राम्रो भाटभटेनी हाम्रो गौरव हो ।

Image Source: © https://mulpatra.com

कर्णराज कटुवाल
निवर्तमान अध्यक्ष खोटाङ हलेसी सेवा समाज, काठमाडौं