Close

Recent Posts

कोटेश्वरको भाटभटेनी भेटियो अर्को शव, जेनजी आन्दोलनमा मृतकको संख्या ७३ पुग्यो

कोटेश्वरको भाटभटेनी भेटियो अर्को शव, जेनजी आन्दोलनमा मृतकको संख्या ७३ पुग्यो
  • १ आश्विन २०८२, बुधबार १४:५०

काठमाडौं– कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन ।

mulpatra

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको हो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । ती शवको पनि पहिचान भएको छैन ।