Close

Recent Posts

उच्च अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने सवा ५ अर्बमा खुम्चियो

उच्च अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने सवा ५ अर्बमा खुम्चियो
  • ७ आश्विन २०८२, मंगलवार १५:२२

काठमाडौं– दोस्रो कारोबार दिन पनि सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । सोमबार बन्द रहेको सेयर बजार मंगलबार ५८.६३ अंकले बढेको हो । आज २.२३ प्रतिशतले बढेको सेयर बजार २६ सय ८२ दशमलव २५ विन्दुमा उक्लिएको छ ।

mulpatra

नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । यसदिन ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रूपैयाँमा कारोबार भएको छ ।

आइतबार ३ सय २९ वटा कम्पनीका २ करोड ३२ हजार कित्ता शेयर ९ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको थियो ।

आज सबै समुहको सेयर बढेकोमा निर्जीवन बीमा ३.४८, जलविद्युत ३.३०, बिकास बैंक २.९५, होटल तथा पर्यटन २.७८, माइक्रोफाइनान्स २.५४, अन्य समुह २.५१, जीवन बीमा २.३१ र फाइनान्स २.१२ प्रिशतले घटेको छ ।