Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

स्कन्दमाताको पूजा आराधना गर्दै नवरात्रको पाँचौ दिनमा धर्मावलम्भी

स्कन्दमाताको पूजा आराधना गर्दै नवरात्रको पाँचौ दिनमा धर्मावलम्भी
  • १० आश्विन २०८२, शुक्रबार ०६:१७

काठमाडौं । नवरात्रको पाँचौँ दिन नौ दुर्गामध्येकी स्कन्दमाताको आज विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

mulpatra

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।
सो दिन देवीको नवौ अवतार मध्ये शैलिपुत्री देवीको पुजा आराधना गरिएको थियो । दोश्रो दिन ब्रम्हाचारिणी, तेश्रो दिन स्कन्दमाता, चौथो दिन कुष्माण्डा देवीको पुजा आराधना गरिएको छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

mulpatra mulpatra mulpatra

स्कन्द (कुमार कार्तिकेय) की आमा भएकाले पार्वतीलाई स्कन्दमाता भनिन्छ। देवीभागवत पुराणमा उल्लेख भए अनुसार तारकासुरको आतंकले देवताहरू त्रसित हुँदा शिवपुत्रमार्फतमात्र उसको वध सम्भव हुने वरदान प्राप्त भएको थियो। त्यसबेला पार्वतीले कठोर तपस्या गरी भगवान् शिवलाई प्रसन्न पारी विवाह गरिन् र तिनको कोखबाट कुमार स्कन्दको जन्म भयो। कुमारले तारकासुरलाई वध गरी देवताहरूलाई त्राण दिए। यस विजयको कारण पार्वतीलाई स्कन्दमाता भनिएको भनि बर्णन गरेको पाइन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा दुर्गा देवीको पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।