मुग्लिङ नारायणगढ सडक खुल्यो मंगलबार देखि रोकिएका यात्रुले राहत पाए

मुग्लिङ नारायणगढ सडक खुल्यो मंगलबार देखि रोकिएका यात्रुले राहत पाए
  • ९ आश्विन २०८२, बिहीबार २३:३०

काठमाडौं । मुग्लिङ नारायणगढ सडकको तुइन खोलामा खसेको पहिरो ४८ घण्टापछि खुलेको छ ।
गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मंगलबार पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

mulpatra

गत शुक्रबार खसेको पहिरो पन्छाएर सडक सुचारु १२ घण्टा नपुग्दै फेरी सोही ठाउँमा ठुलो पहिरो गएको थियो । दशैंमा यात्रा गरिरहेका यात्रुहरु भोकभोकै पर्न थालेपछि समाजसेवीहरुले निशुल्क खाना पानीको समेत व्यवस्था गरेका थिए ।

मंगलबार खसेको पहिरो नारायणगढ तर्फबाट दुईवटा डोजर र मुग्लिङ तर्फबाट तीनवटा डोजर प्रयोग गरि सडक खुलाउन सकेको स्थानीय प्रशासनले जनाएको छ । विहिबार राती प्लस्ड लाइटको व्यवस्था समेत गरेर डोजरहरुले काम गरेका थिए ।

mulpatra mulpatra mulpatra

पहिरो गएको उक्त स्थानमा सम्भावित पहिरो क्षेत्र भनेर सडक विभागले पहिले नै तोकिसके पनि रोकथामको लागि आवश्यक पहल गर्न नसक्दा पटक पटक लामो समय यात्रुहरु अलपत्र परेका थिए ।