मुग्लिङ नारायणगढ सडक खुल्यो मंगलबार देखि रोकिएका यात्रुले राहत पाए

मुग्लिङ नारायणगढ सडक खुल्यो मंगलबार देखि रोकिएका यात्रुले राहत पाए
  • ९ आश्विन २०८२, बिहीबार २३:३०

काठमाडौं । मुग्लिङ नारायणगढ सडकको तुइन खोलामा खसेको पहिरो ४८ घण्टापछि खुलेको छ ।
गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मंगलबार पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

mulpatra

गत शुक्रबार खसेको पहिरो पन्छाएर सडक सुचारु १२ घण्टा नपुग्दै फेरी सोही ठाउँमा ठुलो पहिरो गएको थियो । दशैंमा यात्रा गरिरहेका यात्रुहरु भोकभोकै पर्न थालेपछि समाजसेवीहरुले निशुल्क खाना पानीको समेत व्यवस्था गरेका थिए ।

मंगलबार खसेको पहिरो नारायणगढ तर्फबाट दुईवटा डोजर र मुग्लिङ तर्फबाट तीनवटा डोजर प्रयोग गरि सडक खुलाउन सकेको स्थानीय प्रशासनले जनाएको छ । विहिबार राती प्लस्ड लाइटको व्यवस्था समेत गरेर डोजरहरुले काम गरेका थिए ।

पहिरो गएको उक्त स्थानमा सम्भावित पहिरो क्षेत्र भनेर सडक विभागले पहिले नै तोकिसके पनि रोकथामको लागि आवश्यक पहल गर्न नसक्दा पटक पटक लामो समय यात्रुहरु अलपत्र परेका थिए ।