Close

Recent Posts

बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ७१ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ७१ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक
  • १० आश्विन २०८२, शुक्रबार २०:२०

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब पौने ३ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

mulpatra

यसका लागि असोज १० गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४० करोड ७७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ ।

यो लगानी सन् २०२५ अक्टोबर १४ देखि २०२६ अक्टोबर १४ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।