Close

Recent Posts

झापा कांग्रेसमा ८२ प्रतिशत विशेष महाधिवेशनको पक्षमा

झापा कांग्रेसमा ८२ प्रतिशत विशेष महाधिवेशनको पक्षमा
  • २५ आश्विन २०८२, शनिबार २१:५४

काठमाडौं । झापा क्षेत्र नं. १ को नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा ८२ प्रतिशत सदस्यले विशेष महाधिवेशनको पक्षमा मत जाहेर गरेका छन् । विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या झापा क्षेत्र नं. १ मा २२ जना पुगेका छन् ।

mulpatra

नेपाली कांग्रेस झापा क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि २८ जना रहेको क्षेत्रिय सभापतिले जनाएका छन् । क्षेत्रिय प्रतिनिधी मध्ये २२ जनाले विशेष महाधिवेशनको पक्षमा मत जाहेर गरेको पार्टी कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनपश्चात बदलिएको विशेष राष्ट्रिय राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई वदलेर युग सापेक्ष कांग्रेस बनाउनका लागि समसामयिक परिस्थिति, नीति, विधान र संरचनात्मक परिवर्तन सहितको नेतृत्व स्थापनाको आवश्यकता रहेको झापा कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको विधान २०१७ को धारा १७ उपधारा २ बमोजिम विशेष महाधिवेशन आव्हान गर्न माग गर्दै प्रतिनिधिहरुले हस्ताक्षर गरेको क्षेत्रिय सभापति इन्द्र बुढाथोकीले जनाएका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं. १ का २८ महाधिवेशन प्रतिनिधि मध्ये विशेष महाधिवेशनमा हस्ताक्षर नगर्ने ६ सदस्यहरुमा विमल आचार्य, गोपाल तामाङ, केशव पाण्डे, पंकज विक्रम नेम्वाङ, वालजित राई र उषा गुरुङ रहेका छन् ।

नेपाली कांग्रेसको विधान अनुसार आगामी मंसीरमा १४ औं अधिवेशनबाट निर्वाचित सबै पदाधिकारीहरुको समायवधि समाप्त हुँदैछ ।

नियमित महाधिवेशनको संघारमा रहेको बेला विशेष महाधिवेशन भन्दै पार्टीमा लाग्नु औचित्य नभएको महाधिवेशनका प्रतिनिधि मेचीनगरका पुर्व मेयर विमल आचार्यले जनाएका छन् ।

नियमित महाधिवेशनको संघारमा महाधिवेशनको तयारीमा लाग्नुको सट्टा हस्ताक्षर अभियान सन्चालन गर्नु पार्टीको हित विपरित रहेको आचार्यको भनाई छ । महाधिवेशनको तयारीका लागि बस्दै गरेको केन्द्रिय समितिको बैठक पुर्व यस्तो हस्ताक्षर अभियानले पार्टीलाई हित नगर्ने आचार्यको मत रहेको छ ।