Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

हमासले सार्वजनिक गर्‍यो जीवित २० बन्धकको नाम, विपिन जीवित नरहेको परिवारलाई जानकारी

हमासले सार्वजनिक गर्‍यो जीवित २० बन्धकको नाम,  विपिन जीवित नरहेको परिवारलाई जानकारी
  • २७ आश्विन २०८२, सोमबार ११:१९

काठमाडौं– हमासको सैन्य शाखाले आज रिहा हुने तयारीमा रहेका २० जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।

mulpatra

जसमा नेपाली नागरिक विपिन जोशी र इजरायली सैनिक तमिर निमरोदीको नाम समावेश छैन । सूचीमा रहेका २० जना बन्धकहरूको नाम पहिले नै वार्ताको भागको रूपमा इजरायललाई दिइएको थियो । उनीहरूको नाम नै रिहा हुने सूचीमा राखेर सार्वजनिक गरिएको हो ।

इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।

mulpatra mulpatra mulpatra

इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी गराएका थिए ।

अमेरिकाको मध्यस्थतामा इजिप्टमा भएको वार्तामा इजरायल र हमासबीच भएको सम्झौताअनुसार आज सोमबार त्यहाँको समय दिउँसो १२ बजे अर्थात् यहाँको समय भने दिउँसो २ः४५ बजेसम्म सबै बन्धक रिहा गरिनुपर्नेछ।

Image Source: © https://mulpatra.com