अधिक तरलता व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं– वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले आज फेरि थप ३५ अर्ब रुपैयाँ तान्ने भएको हो ।
निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले ४ दिनको लागि थप ३५ अर्ब निक्षेप संकलन गर्न लागेको हो। अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी कार्तिक २ गते हुनेछ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।