Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

आज कांग्रेसमा विशेष महाधिवेशनको माग सहित बहुमतको हस्ताक्षर बुझाउँदै

आज कांग्रेसमा विशेष महाधिवेशनको माग सहित बहुमतको हस्ताक्षर बुझाउँदै
  • २९ आश्विन २०८२, बुधबार १४:००

काठमाडौं । जेन–जी आन्दोलनपछि देशमा भएको सत्ता परिवर्तन पछि बसेको कांग्रेस केन्द्रिय समितिको बैठकमा हिजो देउवा पहिलो पटक सार्वजनिक भएका थिए । कांग्रेस भित्र भइरहेको विशेष महाधिवेशनको हस्ताक्षर अभियानका विच देउवाले बैठकमा सम्वोधन गर्दै कार्यवाहक सभापतिको भूमिका उपसभापति पूर्णबहादुर खड्कालाई दिए ।
शालिन सम्बोधनका क्रममा देउवाले खड्कालाई कार्यवाहक दिँदै भनेका थिए ‘उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

mulpatra

घरमा सधैँ एक जना मात्र मूली नहुने र नेतृत्व हस्तान्तरण हुने बताउँदै पार्टीको वैधानिक व्यवस्था र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्त्रण गर्ने कुरा गरेका थिए ।

देउवा पक्षधरले नियमित महाधिवेशनको कुरा उठाइरहँदा गगन, विश्वप्रकाश, प्रदिप पौडेल लगायतले देशभरिबाट विशेष महाधिवशेनको पक्षमा बहुमत हस्ताक्षर संकलन गरिसकेका थिए ।
बैठकमा देउवाले नियमिति महाधिवेशनको कुरा उठाएपछि विशेष महाधिवेशनको माग गर्दै सङ्कलित कांग्रेसका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गुरुराज घिमिरेको नेतृत्वमा मंगलबारै दर्ता गर्ने गरि कार्यालय पुगेका थिए ।

mulpatra mulpatra mulpatra

तर पार्टी कमिटिले आज बुधबार ३ बजे सम्मको समय सिमा दिएर हिजो दर्ता गर्न दिएको थिएन । बहुमत सदस्यहरुको हस्ताक्षर संकलन भएपछि कांग्रेस केन्द्रिय समितिमा नियमित महाधिवेशन मंसिरमै गर्न दबाब सिर्जना भएको थियो । सोही दबाबमा आज ३ बजे अगाडी नै मंसिरमा नियमित महाधिवेशन गर्ने निर्णय गर्ने तयारी गरेपनि केन्द्रिय समिति बैठक बस्न सकेन ।

केन्द्रिय समिति बैठक बस्न नसकेपछि ३ बजे मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव सहितको बहुमतको हस्ताक्षर बुझाउने तयारी रहेको गुरुराज घिमिरेले जनाएका छन् ।