Close

Recent Posts

आज कांग्रेसमा विशेष महाधिवेशनको माग सहित बहुमतको हस्ताक्षर बुझाउँदै

आज कांग्रेसमा विशेष महाधिवेशनको माग सहित बहुमतको हस्ताक्षर बुझाउँदै
  • २९ आश्विन २०८२, बुधबार १४:००

काठमाडौं । जेन–जी आन्दोलनपछि देशमा भएको सत्ता परिवर्तन पछि बसेको कांग्रेस केन्द्रिय समितिको बैठकमा हिजो देउवा पहिलो पटक सार्वजनिक भएका थिए । कांग्रेस भित्र भइरहेको विशेष महाधिवेशनको हस्ताक्षर अभियानका विच देउवाले बैठकमा सम्वोधन गर्दै कार्यवाहक सभापतिको भूमिका उपसभापति पूर्णबहादुर खड्कालाई दिए ।
शालिन सम्बोधनका क्रममा देउवाले खड्कालाई कार्यवाहक दिँदै भनेका थिए ‘उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

mulpatra

घरमा सधैँ एक जना मात्र मूली नहुने र नेतृत्व हस्तान्तरण हुने बताउँदै पार्टीको वैधानिक व्यवस्था र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्त्रण गर्ने कुरा गरेका थिए ।

देउवा पक्षधरले नियमित महाधिवेशनको कुरा उठाइरहँदा गगन, विश्वप्रकाश, प्रदिप पौडेल लगायतले देशभरिबाट विशेष महाधिवशेनको पक्षमा बहुमत हस्ताक्षर संकलन गरिसकेका थिए ।
बैठकमा देउवाले नियमिति महाधिवेशनको कुरा उठाएपछि विशेष महाधिवेशनको माग गर्दै सङ्कलित कांग्रेसका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गुरुराज घिमिरेको नेतृत्वमा मंगलबारै दर्ता गर्ने गरि कार्यालय पुगेका थिए ।

तर पार्टी कमिटिले आज बुधबार ३ बजे सम्मको समय सिमा दिएर हिजो दर्ता गर्न दिएको थिएन । बहुमत सदस्यहरुको हस्ताक्षर संकलन भएपछि कांग्रेस केन्द्रिय समितिमा नियमित महाधिवेशन मंसिरमै गर्न दबाब सिर्जना भएको थियो । सोही दबाबमा आज ३ बजे अगाडी नै मंसिरमा नियमित महाधिवेशन गर्ने निर्णय गर्ने तयारी गरेपनि केन्द्रिय समिति बैठक बस्न सकेन ।

केन्द्रिय समिति बैठक बस्न नसकेपछि ३ बजे मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव सहितको बहुमतको हस्ताक्षर बुझाउने तयारी रहेको गुरुराज घिमिरेले जनाएका छन् ।