लाइसेन्स सेवा छठपछि,, नयाँ कार्डको लागि अझै तीन महिना कुर्नुपर्ने
काठमाडौं– जेनजी आन्दोलनमा जलेको यातायात व्यवस्था विभाग अब बिस्तारै पुरानै लयमा फर्किन खोज्दैछ । विभागले छठपछिबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवा पुनः सुरु गर्ने तयारी गरेको छ ।

छठ सकिएपछि लाइसेन्स नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारीमा विभाग छ । हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा दिइरहेको विभागले अब नवीकरण र नयाँ आवेदन प्रक्रिया खुला गर्नेछ ।
तर, नयाँ लाइसेन्स कार्ड छपाइ भने तुरुन्तै नहुने विभागले जनाएको छ । प्रिन्टर र कार्ड खरिद प्रक्रिया बाँकी रहेकाले नयाँ लाइसेन्स वितरणमा अझै तीन महिना लाग्ने विभागको भनाई छ । क्षतिग्रस्त भवन मर्मतमा नेपाल ट्रक व्यवसायी महासंघ र सिप्रदी ट्रेडिङले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
