Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

केसी पक्षलाई वाइपास गर्दै यूएईमा श्रेष्ठ पक्षले बेग्लै भेला, बद्री पक्ष एनआरएनएलाई धरपकडको त्रास समाचारको श्रेष्ठ पक्षले गर्यो खण्डन

केसी पक्षलाई वाइपास गर्दै यूएईमा श्रेष्ठ पक्षले बेग्लै भेला, बद्री पक्ष एनआरएनएलाई धरपकडको त्रास समाचारको श्रेष्ठ पक्षले गर्यो खण्डन
  • ३० आश्विन २०८२, बिहीबार १५:२३

काठमाडौं । यस मुलपत्र मिडियामा भदौ १५ गते प्रकाशित ‘केसी पक्षलाई वाइपास गर्दै यूएईमा श्रेष्ठ पक्षले बेग्लै भेला, बद्री पक्ष एनआरएनएलाई धरपकडको त्रास’ समाचार शिर्षकमा गैर आवासिय नेपाली संघ मध्य पुर्व संयोजक रमेश श्रेष्ठले खण्ठन गरेका छन् ।

mulpatra

बुँदागत लेखिएको खण्डनमा ‘ समाचारमा जस्तो धरपकड, धम्की वा अनुचित गतिविधिमा श्रेष्ठको संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
नेपाल एसोसिएसन–एनआरएनए एनसीसी, युएइका महासचिव भुवन कुमार वाग्लेले सामाजिक क्षेत्रमा विभिन्न व्यक्ति, समुदाय, वर्ग र व्यसायिक प्रतिष्ठानलाई समेत हानी पुग्ने गरि आधारहीन लेख तथा स्टाटस सामाजिक सन्जालमा हालेको उजुरी परेको र उजुरी कर्ताको आधारमा कार्यसमितिलाई अनुसासन समितिको संयोजक भएको नाताले कारवाहीको सिफारीस गरेको श्रेष्ठले स्पष्ट पारेका छन् ।
सोही सिफारीसको आधारमा कार्यसमितिले महासचिव भुवन कुमार वाग्लेलाई कारवाही गरेको उल्लेख गर्दै श्रेष्टले समाचार खण्डनमा लेखेका छन् ‘कारवाहीको विषयमा कार्यसमितिमा छलफल गर्दा र सामाजिक रुपमा प्रतिक्रिया संकलन गर्दा सबैले कारवाही गर्नुपर्छ भन्ने प्रतिक्रिया आएको र कार्यसमितिमा सर्वसम्मत निर्णयबाट कारवाही हुनुपर्छ भनि छलफल भएपश्चात नै कारवाही गरिएको कार्यसमितिले जानकारी गराएको थियो । कारवाही पश्चात समेत निर्णयको सामाजिक रुपमा विभिन्न संघ संस्थाहरुले स्वागत गरेका थिए, अध्यक्ष, महासचिव र कोषाध्यक्ष एकै व्यक्ति भनेर जुन आरोप लगाइएको सरासर झुट त्यो गलत हो संस्था आफनो विधि तथा वित्रान अनुसार चल्छ । कार्यसमितिले गरेको निर्णय मेरो व्यक्तिगत निर्णय होइन, संस्थागत प्रक्रिया अनुृसारको हो ।’
अधिवेशनको विषयमा श्रेष्ठले लेखेका छन् ‘नेपाल एसोसिएसन–एनआरएनए एनसीसी, युएई, यूएई सरकारको community development authority (CDA) मा दर्ता भएको संस्था हो । यस संस्थाले सिडिए को आधिकारिक अनुमती विना कुनै कार्यक्रम आयोजना गर्न सक्दैन । सो एप्प्रुभव समयमा नआएकै कारण अधिवेशन ढिलो भएको हो, अन्य कुनै कारणले होइन ।’

श्रेष्ठले नेपाल एसोसिएसन–एनआरएनए एनसीसी, युएई, यूएईका अध्यक्ष विकास शाहीसँग कुनै पनि व्यवसायिक साझेदारी नभएको समेत स्पष्ट पारेका छन् ।

mulpatra mulpatra mulpatra

अन्त्यमा श्रेष्ठले सँधै वैधानिक प्रक्रिया, निष्पक्षता र संस्थाको मर्यादालाई प्राथमिकता दिँदै आएको पनि स्पष्ट पारेका छन् ।