Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राष्ट्रपतिसँग लिखित सम्झौताको प्रस्ताव गरेको जेनजी अगुवा पौडेलले यसरी फकाए

राष्ट्रपतिसँग लिखित सम्झौताको प्रस्ताव गरेको जेनजी अगुवा पौडेलले यसरी फकाए
  • १ कार्तिक २०८२, शुक्रबार ११:२६

काठमाडौं– जेनजीका अगुवाहरूले हिजो राष्ट्रपति कार्यालयमा बसेको बैठकमा ‘आन्दोलनका उपलब्धि’ संस्थागत गर्न लिखित सम्झौताको माग गरे । तर, राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्झाइ बुझाइ गरेर सो माग मत्थर पारिदिएका छन् ।

mulpatra

प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसमेतको सहभागीमा शीतल निवासमा ‘समन्वयात्मक बैठक’ बसेको थियो । जेनजीका चर्चित अनुहारहरू बैठकमा थिएनन् । सुधन गुरुङ मिराज ढुंगाना, रक्षा बमलगायत जेनजी लिडरहरू आफू नगएर प्रतिनिधि पठाएका थिए । बैठक मूलतः जेनजी आन्दोलनका एजेन्डा कसरी सम्बोधन गर्ने भन्नेमा केन्द्रीय रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

स्रोतका अनुसार जेनजी अगुवाहरूले आन्दोलनपछि आफूहरूलाई ‘आतंककारी’ को आरोप लाग्न थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । आन्दोलनलाई वैधता दिनका लागि सरकार र जेनजीहरुबीच लिखित सम्झौता हुनुपर्ने माग उनीहरूले राखे । राष्ट्रपति र प्रधानमन्त्रीले भने आन्दोलनले स्वतः वैधता प्राप्त गरिसकेकाले लिखित सम्झौता आवश्यक नरहेको तर्क गरेका थिए ।

mulpatra mulpatra mulpatra

खासगरी राष्ट्रपति पौडेलले जेनजीहरुलाई सम्झौता आवश्यक नरहेकोमा कन्भिन्स्ड गरेको स्रोत बताउँछ । आन्दोलनको परिणाम स्वरूप नै अहिले यो बैठक बसिरहेको भनेर उनले सम्झाए ।

राष्ट्रपतिको भनाइको सार यस्तो थियोः

‘म कार्यकारी राष्ट्रपति होइन । आन्दोलनकै परिणतिस्वरुप नै आज म तपाईंहरुसँग छु । यो बैठक आन्दोलनको उपलब्धि नै हो । आन्दोलनले वैधानिकता पाएको प्रमाण हो । सुशीला कार्कीजी प्रधानमन्त्री बन्ने अवस्था कतै पनि थिएन । उहाँ आन्दोलनको बलमा नै प्रधानमन्त्री बन्नुभएको हो । उहाँ विद्यार्थीकालदेखि नै संघर्ष गरेर आउनुभएको व्यक्ति हुनुहुन्छ । उहाँले जेनजीकै भावनाअनुसार काम गरिराख्नुभएको छ । यो पनि आन्दोलनले वैधानिकता पाएको प्रमाण हो ।

Image Source: © https://mulpatra.com

भ्रष्टहरूमाथि कारबाही हुनुपर्छ भन्ने तपाईँहरूको मागमा कसको विमति होला र । सरकारले कानून बमोजिम गरी नै हाल्छ । सरकारलाई विश्वास गर्नुप¥यो । सुशीलाजीलाई तपाईँहरूले नै यहाँसम्म ल्याउनुभएको हो । उहाँलाई सहयोग गर्नुप¥यो ।

अहिले विभिन्न पार्टीहरूमा पुरानो नेतृत्वले छोड्नुप¥यो, पुस्तान्तरण गर्नुप¥यो भन्ने लहर चलिरहेको छ । यो पनि तपाईँहरूले गरेको आन्दोलनकै प्रतिफल त हो ।
कानू उहाँहरूलाई छोड्नुप¥यो भन्ने छोडेँ भन्ने क्रम चलेको छ आन्दोलनको उपलब्धि हो । त्यसैले सबै कुरा लिखितमा गरेपछि मात्रै संस्थागत हुन्छ भन्ने होइन । आन्दोलनको उपलब्धि व्यवहारिकरुपमा हासिल भइरहेको नै छ ।

आगामी दिनमा जेनजी र सरकारबीच समन्वयका लागि प्रधानन्त्रीका तर्फबाट मुख्य सल्लाहकार अजयभद्र खनालले समन्वय गर्ने हिजोको बैठकमा जानकारी गराइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सो जानकारी दिएका थिए ।

उनले भने, ‘अहिलेसम्म तपाईंहरुसँग सरकारलाई जोड्ने प्रभावकारी च्यानल थिएन । अब सबै समन्वय उहाँले गर्नुहुन्छ ।’