Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सेनाको स्पष्टोक्ति: सर्वोच्च अदालतको आगो भोलिपल्टै निभेको र नेपाली सेनाले राजनीति गर्दैन

सेनाको स्पष्टोक्ति: सर्वोच्च अदालतको आगो भोलिपल्टै निभेको र नेपाली सेनाले राजनीति गर्दैन
  • १ कार्तिक २०८२, शुक्रबार १६:५९

काठमाडौं– नेपाली सेनाले आफूहरू राजनीति नगर्ने प्रष्ट पारेको छ । शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका उपरथी अनुपजंग थापाले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् ।

mulpatra

‘यो जेनजीसँगको वार्ताको कुरा गर्दा यो कुरा स्पष्ट छ– सेनाले राजनीति गर्दैन,’ उनले भने । उनले थपे, ‘तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमञ्चयन कायम गर्नका नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्यांकन गरी आवश्यक पहल त लिएको मात्र हो।’

‘एक क्षणलाई सोचौं, भदौ २४ को राति सेनाले स्थिति साम्य पार्न जे प्रयास ग¥यो, त्यो नगरेको अथवा विश्वमा अहिले विभिन्न ठाउँमा देखिएका अन्य मोडलहरू अनुसार कुरा अगाडि बढेको भए के हुन सक्थ्यो ?,’ उनले प्रश्न गरे ।

mulpatra mulpatra mulpatra

ती सैनिक अधिकारीले यो विषय सबैको लागि विचारयोग विषय रहेकोमा जोड दिए । ‘नेपाली सेनाले त्यस बखतमा यो शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्यूनीकरणको लागि सबै पक्षहरूसँग छलफल गर्न अपरिहार्य सम्झेको हो,’ उनले भने ।

थापाले भने, ‘सर्वोच्च अदालतको आगो भोलिपल्ट निभिसकेको छ । अब तेस्रो दिनमा ललितपुरबाट दमकल आएर निभाइएको हो भन्ने कुराहरू पनि समाचारमा आएको छ । म त्यतातिर खण्डन गर्न पनि चाहन्नँ ।’

आन्दोलनमा सबैथरी मानिसहरू संलग्न रहेको सेनाको निष्कर्ष छ । ‘कुनै कुनै समूह त तीन वर्ष अगाडिबाट आन्दोलनरत रही व्यक्ति तथा समूहहरू तत्कालीन परिवेशमा राजनीतिक दलहरूसँग छलफलमा उत्रिने अवस्था पनि थिएन,’ सैन्य अधिकारीले भने ।

Image Source: © https://mulpatra.com

‘यो परिस्थितिमा छलफलको टेबलमा ल्याई स्थितिलाई थप जोखिमपूर्ण हुन नदिन नै उत्तम विकल्प भएको नेपाली सेनाको निक्र्योल थियो,’ उनले भने ।

नेपाली सेनाले सर्वोच्च अदालतकै आगो जेनजी आन्दोलनको भोलिपल्टै निभिसकेको दाबी गरेको छ । ‘मैले प्रष्टसँग त्यहाँको गणपतिलाई होइन यहाँ यत्रो महत्त्वपूर्ण भवनहरूमा आगलागी भइराखेको छ । सिंहदरबार, सर्वोच्च अदालत तुरुन्त त्यहाँको काम छोडेर पठाउ भनेपछि मध्यरातमा आएर ललितपुरको पनि दमकलबाट हामीले आगो निभाएका हौं ।’

उनले काठमाडौंमा उपलब्ध १८ वटा दमकलमध्ये ११÷१२ वटा दमकल प्रयोग गर्न सकेको बताए । ‘अरू दमकलहरू विभिन्न कारणले चल्न सकेन,’ उनले भने, ‘तर जति उपलब्ध छन्, एयरपोर्टको आफ्नै प्रावधानहरू भए पनि त्यहाँ पनि अनुरोध गरेर जताततै आगो निभाउने काम भएको हो ।’

सेनाका अधिकारीले पत्रकारहरूको जिज्ञासामा सम्भव भएजति छिटो आगलागी नियन्त्रण गर्न प्रयत्न गरेको बताए । ‘जुन किसिमको आगो लागेको थियो हामीसँग जति दमकल उपलब्ध थियो, त्यो ज्यादै नै छिटो समयमा एकदम द्रुत गतिमा आगो निभाइएको हो,’ उनले भने ।

हिल्टन होटलमा लागेको आगो अग्लो भएको र दमकलमा त्यति अग्लो भ¥याङ नभएकोले चौथो दिनसम्म आगो रहिरहेको उनले बताए ।