Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

तत्काल प्रसाई, ओली र लेखकलाई नपक्रिए अप्रिय घटना घट्ने कार्कीलाई बालेनको चेतावनी

प्रसाई पक्रिने आधार नभएको प्रधानमन्त्री र गृहको जिकिर

तत्काल प्रसाई, ओली र लेखकलाई नपक्रिए अप्रिय घटना घट्ने कार्कीलाई बालेनको चेतावनीप्रसाई पक्रिने आधार नभएको प्रधानमन्त्री र गृहको जिकिर
  • १२ कार्तिक २०८२, मंगलवार ११:४२

काठमाडौं– सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीमाथि विभिन्न विषयमा दबाब बढाउन थालेका छन् । सरकारमाथि दबाब बढाउने गरी प्रस्तुत भएका उनले कार्कीमाथि धेरै काम आफुले भनेअनुसार नभएको भन्दै असन्तुष्ट समेत व्यक्त गर्न थालेका छन् ।

mulpatra

जेनजी आन्दोलनमा दमनको निर्देशन दिने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल गिरफ्तार गर्नुपर्ने माग बालेनको छ । उनीहरुसँग ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई तत्काल गिरफ्तार गरिहाल्न समेत माग गरेका छन् ।

प्रसाईले निरन्तर आफू लगायत केही व्यक्ति लक्षित भड्काउ अभिव्यक्ति दिएको भन्दै बालेनले तुरुन्तै निगरानी तथा नियन्त्रणमा लिनुपर्ने माग गरेका थिए । प्रसाईले अहिलेको सरकार बाह्य इशारामा बनेको तथा चलेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिन थालेका छन् ।

mulpatra mulpatra mulpatra

कार्कीले भने बोलेकै आधारमा, सानातिना गतिविधिकै आधारमा पहिल्यै पक्राउ गर्न कानुनी कठिनाइ पर्ने भन्दै सीमा सम्झाउन खोेजेकी थिइन् । उनले बोलनसँग प्रसाईलाई पक्रिए अर्को दंगा भड्किने सूचना पाएको उनीसँग बताएकी थिइन् ।

प्रधानमन्त्रीसँग बालेनले भेटका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीबारे गम्भीर चासो राखेका थिए । विगतमा सुशासनका थुप्रै एजेन्डाहरुमा सक्रिय नागरिक पैरवी तथा वकालत गर्दै आएका गृहमन्त्री अर्याल मन्त्रीका रुपमा भने खरो उत्रिन नसकेको बालेनको गुनासो थियो ।

गृहमन्त्रीले प्रचलित कानुन देखाएर युवाहरुको अपमान गर्न खोज्नुभयो, यत्रो शहीद हुँदा कुन कानुन हेरिएको थियो ? दोषीलाई पक्रिनु पर्दैन ?’ बालेनले प्रश्न गरेको एक मन्त्रीले मूलपत्रलाई जानकारी दिए ।

Image Source: © https://mulpatra.com

बालेनले सरकारले विद्रोहको म्यान्डेट कार्यान्वयन नगरे अप्रिय परिस्थिति आउन सक्ने बताएको समेत ती मन्त्रीले जानकारी दिए । बालेनले अप्रत्यक्ष रुपमा प्रधानमन्त्रीलाई धम्क्याएको समेत उनको दाबी छ ।

सरकारले युवामध्येबाट गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारको नाम अघि बढाउने क्रममा थियो । बालेनले संस्कृति र सम्पदा क्षेत्रमा काम गर्दै आएका गणपतिलाल श्रेष्ठबाट महानगरका कतिपय काममा असहयोग भइरहेको गुनासो गरेका थिए । उनले श्रेष्ठ र सुनारको नाम नतोकी विवादित पृष्ठभूमिहरु र उठबसहरुबारे थप अध्ययन गरेर अघि बढ्दा राम्रो हुने आग्रह गरेका थिए ।

काठमाडौं महानगरका कानुनी सल्लाहकार रहेका अर्याललाई बालेनकै प्रस्तावमा मन्त्री बनाइएको चर्चा हुने गरे पनि यथार्थ त्यसभन्दा भिन्न देखिन्छ । मन्त्री अर्याल स्वयंले आफूलाई बालेन प्रतिनिधिजस्तो गरी चर्चा हुने गरे पनि सर्वदलीय बैठकमा त्यसभन्दा भिन्न ढंगले पेश भएका थिए ।