Close

Recent Posts

पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ

पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ

प्रतिकूल मौसम:‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

प्रतिकूल मौसम:‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित
  • १२ कार्तिक २०८२, मंगलवार १४:२७

काठमााडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन् ।

mulpatra

अहिले अन्तरराष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन् । हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ ।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार खराब मौसमका कारण अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको छ । केही उडान डिले भए पनि रद्द नै गर्नुपर्ने अवस्था नभएको उनले बताए । निश्चित हवाई रुट भएकाले उडानमा सामान्य चाप बढेको छ ।

हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा बिहानदेखि बद्ली रहेको छ ।