Close

Recent Posts

पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ

पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ

बिहीबारदेखि पुनः वर्षा र हिमपातको प्रक्षेपण, राजधानी जोड्ने सडक र इलाममा उच्च जोखिम

बिहीबारदेखि पुनः वर्षा र हिमपातको प्रक्षेपण, राजधानी जोड्ने सडक र इलाममा उच्च जोखिम
  • १२ कार्तिक २०८२, मंगलवार १५:३३

काठमाडौं– अरबसागरमा विकसित मौसमी प्रणालीले गएरातिदेखि भइरहेको वर्षा÷हिमपात बुधबारदेखि रोकिने र विहीबार साँझदेखि बंगालको खाडीको चक्रवातको प्रभावले पुनः मौसम खराब हुने मौसमविद्‍ले जनाएका छन् ।

mulpatra

अरब सागरको प्रणालीको प्रभावले मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व लगायतका जिल्लाका उच्च क्षेत्रमा भारी हिमपात भएको छ । काठमाडौं उपत्यकासमेत बादल लागेर धुम्म भएको छ । यो प्रणालीले गत असोजमा बाढीपहिरोले बढी क्षति पु¥याएको इलामसहितका जिल्ला उच्च जोखिममा रहेको मौसमविद्‍को भनाइ छ ।

मौसमविद् उज्जवल उपाध्यायका अनुसार आज रातिसम्म यसको प्रभाव घट्ने र भोलि बुधबार मौसममा सुधार आउने छ । ‘काठमाडौं लगायतका धेरै भूभागमा बुधबार वर्षा नहुने र केहीबेर घाम लाग्नाले न्यानो अनुभूति हुने,’ उपाध्यायले फेसबुकमा लेखेका छन् । उनका अनुसार बिहीबार बिहान पनि मौसम सफा नै रहने पूर्वानुमान छ ।

तर हाल बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले विहीबार साँझदेखि बागमती, मधेश र कोशी प्रदेशका जिल्लामा वर्षा तथा हिमपात हुने पूर्वानुमान छ । यसको प्रभाव गण्डकीको पूर्वी भागमा समेत पर्ने प्रक्षेपण छ ।

यसको असर पूर्वमा बढी र पश्चिममा कम पर्ने देखिन्छ । बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला उच्च जोखिममा पर्ने अनुमान छ ।

पहिरो गइरहने राजमार्ग क्षेत्रमा पनि सतर्कता अपनाउनुपर्ने सुझाव मौसमविदको छ । विहीबार मध्याह्नदेखि बीपी राजमार्ग र पृथ्वी राजमार्ग तथा काठमाडौं–हेटौंडा जोड्ने कुनै पनि सडकमा यात्रा नगर्दा राम्रो हुने बताइएको छ ।

रोल्वालिङ, सगरमाथा, मकालु–बरुण क्षेत्रमा पनि बिहीबार र शुक्रबारसम्म पदयात्रा स्थगित गर्न ठिक हुने सुझाव पनि मौसमविदले दिएका छन् ।