Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

बिहीबारदेखि पुनः वर्षा र हिमपातको प्रक्षेपण, राजधानी जोड्ने सडक र इलाममा उच्च जोखिम

बिहीबारदेखि पुनः वर्षा र हिमपातको प्रक्षेपण, राजधानी जोड्ने सडक र इलाममा उच्च जोखिम
  • १२ कार्तिक २०८२, मंगलवार १५:३३

काठमाडौं– अरबसागरमा विकसित मौसमी प्रणालीले गएरातिदेखि भइरहेको वर्षा÷हिमपात बुधबारदेखि रोकिने र विहीबार साँझदेखि बंगालको खाडीको चक्रवातको प्रभावले पुनः मौसम खराब हुने मौसमविद्‍ले जनाएका छन् ।

mulpatra

अरब सागरको प्रणालीको प्रभावले मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व लगायतका जिल्लाका उच्च क्षेत्रमा भारी हिमपात भएको छ । काठमाडौं उपत्यकासमेत बादल लागेर धुम्म भएको छ । यो प्रणालीले गत असोजमा बाढीपहिरोले बढी क्षति पु¥याएको इलामसहितका जिल्ला उच्च जोखिममा रहेको मौसमविद्‍को भनाइ छ ।

मौसमविद् उज्जवल उपाध्यायका अनुसार आज रातिसम्म यसको प्रभाव घट्ने र भोलि बुधबार मौसममा सुधार आउने छ । ‘काठमाडौं लगायतका धेरै भूभागमा बुधबार वर्षा नहुने र केहीबेर घाम लाग्नाले न्यानो अनुभूति हुने,’ उपाध्यायले फेसबुकमा लेखेका छन् । उनका अनुसार बिहीबार बिहान पनि मौसम सफा नै रहने पूर्वानुमान छ ।

mulpatra mulpatra mulpatra

तर हाल बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले विहीबार साँझदेखि बागमती, मधेश र कोशी प्रदेशका जिल्लामा वर्षा तथा हिमपात हुने पूर्वानुमान छ । यसको प्रभाव गण्डकीको पूर्वी भागमा समेत पर्ने प्रक्षेपण छ ।

यसको असर पूर्वमा बढी र पश्चिममा कम पर्ने देखिन्छ । बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला उच्च जोखिममा पर्ने अनुमान छ ।

पहिरो गइरहने राजमार्ग क्षेत्रमा पनि सतर्कता अपनाउनुपर्ने सुझाव मौसमविदको छ । विहीबार मध्याह्नदेखि बीपी राजमार्ग र पृथ्वी राजमार्ग तथा काठमाडौं–हेटौंडा जोड्ने कुनै पनि सडकमा यात्रा नगर्दा राम्रो हुने बताइएको छ ।

Image Source: © https://mulpatra.com

रोल्वालिङ, सगरमाथा, मकालु–बरुण क्षेत्रमा पनि बिहीबार र शुक्रबारसम्म पदयात्रा स्थगित गर्न ठिक हुने सुझाव पनि मौसमविदले दिएका छन् ।